News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल विद्यार्थी संघले ग्यास अभावको विरोधमा काठमाडौंको घण्टाघर अगाडि रित्तो सिलिन्डर बोकेर प्रदर्शन गरेका छन् ।
- त्रिचन्द्र बहुमुखी क्याम्पस नेविसंघद्वारा आयोजित प्रदर्शनमा विद्यार्थीहरूले सरकारको मौनताप्रति आक्रोश व्यक्त गर्दै नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
- विद्यार्थीहरूले ग्यास अभावका कारण पठनपाठनमा समस्या भएको भन्दै तत्काल समाधानका लागि माग गरेका छन् ।
२ भदौ, काठमाडौं । नेपाल विद्यार्थी संघले काठमाडौंको घण्टाघर अगाडि प्रदर्शन गरेको छ ।
ग्यास अभावले विद्यार्थीलाई समस्या परेको भन्दै उनीहरूले रित्तो ग्यास सिलिन्डर बोकेर प्रदर्शन गरेका हुन् ।
त्रिचन्द्र बहुमुखी क्याम्पस नेविसंघले आयोजना गरेको प्रदर्शनमा विद्यार्थीहरूले ‘बालेन सरकार चुलो समस्या समाधानमा कित यति ढिलो?’, ‘निभ्यो चुलो, भोकै पेट, मौन सरकार, कति सहने?’, ‘किताब बोकेर पढ्ने कि, सिलिन्डर बोकेर लाइनमा बस्ने?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4