+
+
Shares

बिग बोसमा कनिकालाई सलमानको झटारो, ‘बेवकुफ हो कि ट्युबलाइट ?’

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते ११:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘बिग बोस २०’ को ‘वीकेन्डका वार’ मा सलमान खानले स्काउट ओपीको अभद्र टिप्पणीबारे चुप बसेको भन्दै अभिनेत्री कनिका मानलाई कडा प्रश्न गरे।
  • सलमानले कनिकामाथि एउटै घटनामा फरक व्यवहार देखाएको आरोप लगाउँदै ‘ट्युबलाइट हौ ? बेवकुफ हो ?’ भनेका छन्।
  • प्रोमो सार्वजनिक भएपछि सलमानको आक्रामक शैली र कनिकासँगको सवालजवाफ चर्चामा आएको छ।

‘बिग बोस २०’ को घरमा हुने विवाद र त्यसमा सलमान खानको हस्तक्षेप सधैं चर्चामा रहने गर्छ । यसपटक भने सलमानको आक्रोशको निशानामा परेकी छन्, अभिनेत्री कनिका मान ।

घरभित्र एउटै घटनामा फरक व्यवहार देखाएको भन्दै सलमानले कनिकालाई सबैका अगाडि सुनाए । त्यसपछि उनीसँग जवाफ दिने शब्द नै बाँकी रहेनन् ।

के भएको थियो त ?

पछिल्लो ‘वीकेन्डका वार’ मा सलमानले घरभित्र यस साता भएका विभिन्न घटनाको हिसाबकिताब लिए । उनले अरिश्फा खानको कप्तानीको प्रशंसा गरे भने जिम्मेवारी पूरा नगरेको भन्दै लभ गिललाई सुनाए ।

स्काउट ओपीलाई समेत केही सुझाव दिए । तर, सबैभन्दा रोचक प्रसंग भने कनिका मानसँगको सवालजवाफ बन्यो  विवादको जड थियो, स्काउट ओपीले लभ गिललाई गरेको ‘नाडा’ सम्बन्धी अभद्र टिप्पणी ।

उक्त टिप्पणी हुँदा कनिका पनि त्यहीँ उपस्थित थिइन् । तर, उनले त्यसको विरोध गर्नुको सट्टा हाँसेर टारेको भन्दै सलमानले प्रश्न उठाए ।

यसअघि काजी तौकीरले पनि कनिकाको यही व्यवहारमाथि प्रश्न उठाएका थिए । काजीका अनुसार कनिकाले त्यही बेला स्काउटलाई रोक्नुपर्ने थियो ।

‘आफूलाई धेरै स्मार्ट ठान्नुहुन्छ ?,’सलमानले कनिकालाई सोधे, ‘नाडा’ सम्बन्धी कुरा हुँदा तपाईं त्यहीँ हुनुहुन्थ्यो । र, हाँसिरहनुभएको थियो, होइन ?

कनिकाले आफ्नो बचाउ गर्दै भनिन्, ‘सर, त्यहाँ सबैजना हाँसिरहेका थिए । एकैपटकमा कहाँ महसुस हुन्छ र ?’

तर, उनको यो जवाफ सलमानलाई चित्त बुझेन । उनले तत्कालै अर्को प्रश्न गरे, ‘अच्छा, काजीलाई चाहिँ कसरी महसुस भयो त ?’

कनिकाले फेरि पनि त्यतिबेला लभसमेत हाँसिरहेको भन्दै आफ्नो बचाउ गरिन् । यो जवाफले पनि सलमानको आक्रोश कम भएन ।

‘ट्युबलाइट हौ ? बेवकुफ हो ?’ कनिकाको जवाफपछि सलमान झन् कडा रूपमा प्रस्तुत भए ।

उनले भने, ‘आफूलाई धेरै स्मार्ट ठान्नुहुन्छ ? तपाईं ट्युबलाइट हो ? बेवकुफ हो ? मसँग बहस गर्न चाहनुहुन्छ ? यो कुरालाई सही साबित गर्न खोज्दै हुनुहुन्छ ? ल, त्यसो भए गरिरहनुस् ।’

सलमानले यसअघि पनि कनिकाले काजी तौकीरको ‘ललिपप’ सम्बन्धी टिप्पणीलाई ठूलो मुद्दा बनाएको तर स्काउटको अभद्र टिप्पणीमा भने चुप बसेको प्रसंग उठाएका थिए ।

आफूलाई मन परेको विषयमा आवाज उठाउने तर अर्को घटनामा मौन बस्ने ? सलमानको प्रश्नको सार यही थियो । कनिकाको यही दोहोरो व्यवहारलाई लिएर उनले कडा शब्दमा प्रश्न उठाएको प्रोमोमा देखिएको छ।

 

View this post on Instagram

 

A post shared by Telly Reporter (@tellyreporter)


शोको यो प्रोमो सार्वजनिक भएसँगै सलमानको आक्रामक शैली र कनिकासँगको सवालजवाफ चर्चामा आएको छ । अब कनिकाले यस विषयमा के जवाफ दिन्छिन् भन्ने दर्शकको चासो बनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?