News Summary
Generated by OK AI. Editorially reviewed.- फायरिङ घटनापछि टाइगर श्रफ अभिनीत ‘लग जा गले’को पुणे सेड्युलको छायांकन पूरा भएको छ ।
- जाह्नवी कपूरले इन्स्टाग्राम स्टोरीमा ‘एलजेबी पुणे र्याप’ लेखिएको केकको तस्वीर सेयर गरेर सुटिङ सकिएको पुष्टि गरेकी छन् ।
- टाइगरको सुरक्षाका कारण निर्माण टिमले छायांकनस्थल गोप्य राखेको र फिल्म २०२७ मे १४ मा प्रदर्शन गर्ने तयारीमा रहेको छ ।
बलिउड अभिनेता टाइगर श्रफ केही समयअघि भएको फायरिङ घटनापछि पुनः काममा फर्किएका छन् । उनी अभिनीत आगामी फिल्म ‘लग जा गले’को पुणे सेड्युलको छायांकन पूरा भएको छ ।
फिल्मको सुटिङ सकिएको जानकारी सेटबाट सार्वजनिक भएको एक तस्वीरमार्फत बाहिरिएको हो ।
फिल्मकी अभिनेत्री जाह्नवी कपूरले आफ्नो इन्स्टाग्राम स्टोरीमा सुटिङ सकिएको खुसी साटिएको केकको तस्बिर सेयर गरेकी छन् । केकमा ‘एलजेबी पुणे र्याप’ लेखिएको छ ।
त्यसमा धर्मा प्रोडक्सनको नामसमेत देखिन्छ । फिल्मको हेयर तथा मेकअप टिमका सदस्यले पनि ‘सुटिङ पूरा भयो’ भन्दै तस्बिर सेयर गरेका थिए ।
जाह्नवीले उक्त तस्बिर आफ्नो स्टोरीमा पुनः सेयर गरेपछि फिल्मको पुणे सेड्युल सकिएको पुष्टि भएको हो ।
यसअघि टाइगरमाथि मुम्बईको जुहु क्षेत्रमा फायरिङ भएको घटना सार्वजनिक भएको थियो । घटनापछि उनको सुरक्षा र फिल्मको कामलाई लिएर विभिन्न चासो व्यक्त भइरहेका थिए ।
यही परिस्थितिलाई ध्यानमा राख्दै फिल्म निर्माण टिमले छायांकनस्थलको गोपनीयता कायम राखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
टाइगरको सुरक्षालाई प्राथमिकतामा राख्दै सुटिङको स्थान गोप्य राखिएको बताइएको छ । टिमका मुख्य सदस्यबाहेक अरूलाई छायांकनस्थलबारे जानकारी दिइएको थिएन ।
टाइगरले उक्त घटनाका कारण फिल्मको काम प्रभावित नहोस् भन्ने चाहेकाले काममा फर्किएको पनि स्रोतको भनाइ छ ।
राज मेहताको निर्देशनमा निर्माण भइरहेको ‘लग जा गले’मा टाइगर श्रफ र जाह्नवी कपूरसँगै लक्ष्य लालवानी मुख्य भूमिकामा छन् । एक्सन विधामा निर्माण भइरहेको यो फिल्मको छायांकन सन् २०२५ को डिसेम्बरमा मुम्बईबाट सुरु भएको थियो ।
सुरुमा सन् २०२६ मै प्रदर्शन गर्ने तयारी भए पनि छायांकनमा भएको ढिलाइका कारण फिल्मको प्रदर्शन मिति सारिएको हो । अब यो फिल्म सन् २०२७ मे १४ मा हलमा आउने तयारीमा छ ।
प्रतिक्रिया 4