News Summary
Generated by OK AI. Editorially reviewed.- दसैं र तिहारमा प्रदर्शन भएका आधा दर्जनभन्दा बढी नेपाली फिल्मको व्यापार घटेको छ, र ‘कबड्डी ५– आफ्टर द फाइनल म्याच’ १२ करोड ९४ लाख १५ हजार ४ सय ३७ रुपैयाँसहित अगाडि छ ।
- माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ले १० करोड ३५ लाख ७८ हजार रुपैयाँ कमाएको छ, भने ‘आ बाट आमा–२’ले ६ करोड ८१ लाख ६७ हजारभन्दा बढी कमाएको छ ।
- बलिउड फिल्म ‘रामायण’ले प्रदर्शनको ११ दिनमा १४ सय करोड रुपैयाँ कमाएको छ, र दोस्रो सप्ताहन्तको व्यापार १८.९१ प्रतिशतले बढेको छ ।
‘रामायण’ले सिनेमा घरहरू हराभरा भइरहँदा नेपाली फिल्महरूको भने कारोबार ह्वात्तै घटेको छ । दसैं र तिहारको मौका छोपेर प्रदर्शनमा आएका आधा दर्जनभन्दा बढी नेपाली फिल्मको व्यापार कछुवाको गतिमा छ ।
जस्तो, ‘कबड्डी ५- आफ्टर द फाइनल म्याच’को कुरा गरौँ । यो फिल्मले सुरुवाती हप्ता तहल्कै मच्चाएको थियो । आक्रामक सुरुवात गर्दै उसले पहिलो हप्ता १० करोड रुपैयाँ कमाएको थियो । दोस्रो हप्तासम्म आइपुग्दा उसले १२ करोड ३९ लाख ९२ हजार २ सय ४५ रुपैयाँ कमाइ गरेको थियो ।
त्यसयताको एक हप्तामा उसको कमाइ सर्लक्कै खुम्चिएको छ । तेस्रो हप्तामा फिल्मले १२ करोड ९४ लाख १५ हजार ४ सय ३७ रुपैयाँ कमाएको छ ।
यद्यपि, नेपाली फिल्महरूको लस्करमा ‘कबड्डी’ नै अग्रपंक्तिमा छ । त्यसको पछाडि ‘पेन्सन पट्टा’ छ । माओत्से गुरुङ निर्देशित फिल्मले १० करोड ३५ लाख ७८ हजार रुपैयाँ कमाइ गरेको छ ।
त्यसपछि पालो आएको छ पुच्छरमा ‘२’ झुन्डिएका सिक्वेलहरूको । ‘आ बाट आमा’, ‘छ माया छपक्कै’ र ‘१२ गाउँ’का सिक्वेल ।
‘आ बाट आमा–२’ ले ६ करोड ८१ लाख ६७ हजारभन्दा बढी कमाइ गर्दा ‘छ माया छपक्कै–२’ ले ३ करोड ४३ लाख १७ हजार कमाएको छ । यस्तै, ‘१२ गाउँ–२’ ले २ करोड ३२ लाखभन्दा बढी कमाइ गरेको छ । यो शृंखलाको पुच्छरमा ‘पाँच पाण्डव’ छ । यो फिल्मले ४३ लाख ५० हजार रुपैयाँ बढी कमाई गरेको छ । अनेक लफडा खेप्दै प्रदर्शनमा आएको यो फिल्मले १२ हजार २ सय ९४ वटा टिकट बिक्री गरेको छ ।
११ दिनमा ‘रामायण’को कमाइ १४ सय करोड
यसैगरी, बलिउड फिल्म ‘रामायण’को कमाइ पनि सार्वजनिक भएको छ । फिल्म प्रदर्शनको ११ दिनसम्म आइपुग्दा १४ सय करोड रुपैयाँ कमाइ गरेको छ । फिल्मको पहिलो सप्ताहन्तको तुलनामा दोस्रो सप्ताहन्तको व्यापार १८.९१ प्रतिशतले बढेको बताइन्छ ।
प्रतिक्रिया 4