+
+
Shares

देउवा समूहद्वारा मुस्लिम संघको अध्यक्षमा मीनहाज खान

देउवा समूहले मुस्लिम संघको समानान्तर समिति बनाउन काठमाडौं महानगरपालिका–९ का मिनहाज खानलाई अध्यक्षमा मनोनीत गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते १३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको देउवा समूहले भ्रातृ संगठन नेपाल मुस्लिम संघको समानान्तर समिति बनाउँदै मिनहाज खानलाई अध्यक्षमा मनोनीत गरेको छ।
  • १५औं नियमित महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले कांग्रेस विधानको धारा ४२ (१) (च) बमोजिम खानलाई अध्यक्षमा मनोनीत गरेका हुन्।
  • पत्रमा आगामी ६ महिनाभित्र महाधिवेशन सम्पन्न गरी संगठनलाई मजबुत बनाउन विश्वास लिएको उल्लेख छ।

३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले भ्रातृ संगठन नेपाल मुस्लिम संघको पनि समानान्तर कार्यसमिति बनाएको छ ।

देउवा समूहले मुस्लिम संघको समानान्तर समिति बनाउन काठमाडौं महानगरपालिका–९ का मिनहाज खानलाई अध्यक्षमा मनोनीत गरेको छ ।

देउवा समूहको ‘१५औं नियमित महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले खानलाई अध्यक्षमा मनोनीत गरेका हुन् ।

खानलाई दिइएको पत्रमा कांग्रेसको विधानको धारा ४२ (१) (च) बमोजिम मुस्लिम संघको अध्यक्षमा मनोनीत गरिएको उल्लेख छ ।

‘अध्यक्षको रुपमा नेपाली कांग्रेसको स्थापित मूलय–मान्यताको आत्मसात गरी आगामी ६ महिनाभित्र महाधिवेशन सम्पन्न गरी संगठनलाई मजबुत बनाउनुहुनेछ भन्ने विश्वास लिएको छु,’ पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?