+
+
Shares
बक्स अफिस :

खुम्चियो कबड्डीको कमाइ, एक सातामा डेढ करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २३ गते १२:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘कबड्डी–५ : आफ्टर द फाइनल म्याच’को पछिल्लो एक साताको कमाइ १ करोड ६३ लाखमा खुम्चिएको छ भने कुल आम्दानी १२ करोड ३९ लाख ९२ हजार २ सय ४५ रुपैयाँ पुगेको छ।
  • चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार ‘पेन्सन पट्टा’को साप्ताहिक कमाइ ५ लाख ५६ हजार ३ सय ९० रुपैयाँ र कुल कमाइ १० करोड ३३ लाख ७४ हजार ८ सय ७८ रुपैयाँ छ।
  • बक्स अफिस रिपोर्टमा ‘गौँथली’ २६ करोड २७ लाख ४९ हजार ७ सय ३६ रुपैयाँसहित शीर्षस्थानमा रहेको छ।

आक्रामक व्यापारसहित प्रदर्शनमा आएको ‘कबड्डी–५ : आफ्टर द फाइनल म्याच’ को व्यापार ह्वात्तै घटेको छ । पछिल्लो एक सातामा यसको कमाइ १ करोड ६३ लाखमा खुम्चिएको हो । जबकि सुरुवाती पहिलो सातामा १० करोडभन्दा बढी आम्दानी गरेको थियो ।

दसैँको छेको पारेर प्रदर्शनमा आएका अन्य तीन नेपाली फिल्मजस्तै ‘कबड्डी’ ले पनि अपेक्षित बजार लिन सकेन । दर्शकबाट खराब समीक्षा पाएसँगै यसको व्यापार क्रमशः खस्किएको हो ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार ‘कबड्डी-५’ ले १२ करोड ३९ लाख ९२ हजार २ ४५ रुपैयाँ कमाइ गरेको छ । गत कात्तिक ६ गते प्रदर्शनमा आएको फिल्मले दोस्रो सातासम्म आइपुग्दा उस्तै तीव्रता लिन सकेन ।

ठूलै तामझामसहित यो फिल्म कात्तिक ६ गतेबाट प्रदर्शनमा आएको थियो । यसअघिका शृङ्खलाहरू दर्शकले रुचाएकै कारण कथालाई तन्काइएको थियो । तर, यसपटक दर्शक निराश भए । उस्तै परिस्थिति र परिवेशमा बुनिएको पुरानै कथालाई दर्शकले अस्वीकार गरेका हुन् ।

बक्स अफिस रिपोर्टअनुसार ‘कबड्डी–५’ पछि अर्को फिल्म ‘पेन्सन पट्टा’ छ । यो फिल्मले यस साता ५ लाख ५६ हजार ३ ९० रुपैयाँ कमाइ गरेको छ । फिल्मको अहिलेसम्मको कमाइ १० करोड ३३ लाख ७४ हजार ८७८ रुपैयाँ छ ।

यसैगरी, ‘आ बाट आमा–२’ ले ६ करोड ८१ लाखभन्दा बढी कमाइ गरेको छ । ‘बाः एक योद्धा’ले ३ करोड ५६ लाखभन्दा बढी कमाइ गरेको छ भने ‘छ माया छपक्कै–२’ को कमाइ ३ करोड ४२ लाखभन्दा बढी छ । ‘१२ गाउँ–२’ ले यसपालि २ करोड ३१ लाखभन्दा बढी कमाइ गरेको छ ।

गौँथली शीर्षस्थानमा, तर कहाँ चलिरहेको छ ?

रमाइलो कुरा के छ भने बक्स अफिस रिपोर्टअनुसार फिल्म ‘गौँथली’ अहिले पनि शीर्षस्थानमा छ । यसको कमाइ २६ करोड २७ लाख ४९ हजार ७३६ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?