+
+
Shares

एनभिडिया विवादबारे टेलिग्रामका सीईओको व्यंग्य : म कहाँ एउटी पनि जासुसी युवती पठाइएन

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत पावेल डुरोभले जेन्सेन ह्वाङ र एलिस ह्वाङसम्बन्धी विवादका बीच हनीपोटबारे व्यङ्ग्यात्मक पोस्ट गरेका छन्।
  • डुरोभले 'एक्स' मा एसियाली युवतीहरूमा रुचि नराख्ने सीईओहरूले गुप्तचर एजेन्सीहरूबाट डेटिङका कम विकल्प पाउने भन्दै फ्रान्स, रुस र इरानमाथि कटाक्ष गरेका छन्।
  • उनको पोस्टपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ र धेरैले महिलाको वस्तुकरण गरेको भन्दै आलोचना गरेका छन्।

अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका पूर्व प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ र शङ्कास्पद चिनियाँ जासुस एलिस ह्वाङबिचको प्रेम सम्बन्धको विवाद चर्किरहेका बेला मेसेजिङ एप टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत पावेल डुरोभले यस प्रकरणमाथि व्यङ्ग्यात्मक कटाक्ष गरेका छन्।

डुरोभले सामाजिक सञ्जाल ‘एक्स’ मा व्यंगात्मक पोस्ट गर्दै एसियाली महिलाप्रति आकर्षित नहुने सीईओहरूले गुप्तचर एजेन्सीहरूबाट डेटिङका कम विकल्प पाउने टिप्पणी गरेका हुन्।

पावेल डुरोभको विवादास्पद पोस्टमा के छ?

नोभेम्बर ११ मा सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै रुसी मूलका अर्बपति डुरोभले फ्रान्स, रुस र इरानका गुप्तचर एजेन्सीहरूले आफूलाई किन निसाना नबनाएको भन्दै व्यङ्ग्य गरेका छन्।

उनले लेखेका छन्,’एसियाली युवतीहरूमा रुचि नराख्ने सीईओहरूले गुप्तचर एजेन्सीहरूबाट डेटिङका कम विकल्प पाउनु अन्यायपूर्ण छ। फ्रान्सेली, रुसी र इरानी ‘हनीपोट’ कहाँ छन्? म कहाँ त एउटी पनि जासुस युवती पठाइएन। के उनीहरूले प्रयास पनि गरिरहेका छन्?’

आफ्नो पोस्टको अर्को हरफमा फ्रान्समाथि थप कटाक्ष गर्दै डुरोभले लेखेका छन्, ‘फ्रान्सलाई चाहिँ माफी छ । त्यहाँका निर्णयकर्ताहरू युवतीहरूमा रुचि राख्दैनन्। अरू सबैले अझ कडा मेहनत गर!’

सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया र आलोचना

डुरोभको उक्त पोस्ट सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भएसँगै प्रयोगकर्ताहरूबिच मिश्रित प्रतिक्रिया र कडा आलोचना सुरु भएको छ ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘म के पढिरहेको छु विश्वासै लागिरहेको छैन। यदि अर्बपति सीईओहरूले त युवती पाउँदैनन् भने म त जीवनभर अविवाहित नै रहनेछु।’

अर्का प्रयोगकर्ताले टिप्पणी गरेका छन् , ‘एउटा सीईओले अर्को सीईओको खिल्ली उडाउनु यस वर्षको मेरो अनुमानको सूचीमा थिएन।’

कतिपय प्रयोगकर्ता र आलोचकहरूले भने विभिन्न राष्ट्रियताका महिलाहरूलाई सम्भावित गुप्तचर हतियारका रूपमा चित्रण गर्दै महिलाको वस्तुकरण गरेको र गम्भीर राष्ट्रिय सुरक्षा तथा जासुसी आरोपहरूलाई सस्तो ठट्टामा उडाएको भन्दै डुरोभको आलोचना गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?