+
+
Shares

देउवा समूहले प्रजातन्त्रवादी चिकित्सक संघको अध्यक्षमा डा. कार्की

नेपाली कांग्रेसको देउवा समूहले प्रजातन्त्रवादी चिकित्सक संघको अध्यक्षमा धादिङका डा. अमितसिंह कार्कीलाई मनोनीत गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते १४:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको देउवा समूहले धादिङका डा. अमितसिंह कार्कीलाई प्रजातन्त्रवादी चिकित्सक संघको अध्यक्षमा मनोनीत गरेको छ।
  • देउवा समूहको १५औं नियमित महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले विधानको धारा ४२(१) बमोजिम कार्कीलाई मनोनीत गरेका हुन्।
  • कार्कीलाई आगामी ६ महिनाभित्र संगठनको महाधिवेशन सम्पन्न गर्ने कार्यादेश दिइएको छ।

३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले प्रजातन्त्रवादी चिकित्सक संघको अध्यक्षमा धादिङका डा. अमितसिंह कार्कीलाई मनोनीत गरेको छ ।

देउवा समूहको ‘१५औं नियमित महाधिवेशन तयारी समिति’का संयोजक डा. शशांक कोइरालाले कार्कीलाई अध्यक्षमा मनोनीत गरेका हुन् ।

उनलाई विधानको धारा ४२ (१) बमोजिम चिकित्सक संघको अध्यक्षमा मनोनीत गरिएको पत्रमा उल्लेख छ । डा. कार्कीलाई आगामी ६ महिनाभित्र संगठनको महाधिवेशन सम्पन्न गर्ने कार्यादेश दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?