+

विश्व पारा तेक्वान्दो खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान

२०८३ कात्तिक  ३० गते १६:५८ २०८३ कात्तिक ३० गते १६:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ११औं विश्व पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुन दीपेश महत र अमिर भ्लोनसहित तीन सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको मुजु प्रस्थान गरेको छ।
  • नोभेम्बर २० देखि २२ तारिखसम्म हुने प्रतियोगितामा दीपेशले के–४१ अन्तर्गत ५८ केजीमुनि र अमिरले के–४४ अन्तर्गत ६३ केजीमुनि प्रतिस्पर्धा गर्नेछन्।
  • दीपेशको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो भने अमिर पहिलोपटक विश्व च्याम्पियनसिपमा सहभागी हुन लागेका हुन्।

३० कात्तिक, काठमाडौं । ११औं विश्व पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको मुजु प्रस्थान गरेको छ।

विश्व तेक्वान्दो महासंघको कार्यक्रमअनुसार नोभेम्बर २० देखि २२ तारिखसम्म हुने प्रतियोगितामा दीपेश महत र अमिर भ्लोनले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। दीपेशले के–४१ क्याटेगोरीअन्तर्गत ५८ केजीमुनि तथा अमिरले के–४४ क्याटेगोरीअन्तर्गत ६३ केजीमुनि प्रतिस्पर्धा गर्नेछन्।

दीपेशको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। अमिरले यसअघि तीन एसियाली च्याम्पियनसिप, पेरिस पारालिम्पिक छनोटलगायत अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्। यद्यपि, उनी पहिलोपटक विश्व च्याम्पियनसिपमा सहभागी हुन लागेका हुन्।

टोलीको व्यवस्थापकमा नेपाल तेक्वान्दो महासंघका महासचिव हेमन्त डाँगी तथा प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन्।

टोलीलाई आइतबार सातदोबाटोमा नेपाल तेक्वान्दो संघका सल्लाहकार परिषद्का अध्यक्ष प्रकाशशमशेर राणा, संघका अध्यक्ष दीपराज गुरुङ, काठमाडौँ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले बिदाइ गरेका थिए।

११औं विश्व पारा तेक्वान्दो प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय