+
+
Shares

सार्वभौम ‘क्रेडिट रेटिङ’ मा नेपालको स्थान यथावत्, लगातार तेस्रो वर्ष ‘बीबी माइनस’

यस वर्ष नेपालले आफ्नै अंकका आधारमा कुनै ग्रेस अंकविना बीबी माइनस प्राप्त गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते १८:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिट्चको सार्वभौम रेटिङ मोडेलमा नेपालले स्थिर दृष्टिकोणसहित लगातार तेस्रो वर्ष बीबी माइनस कायम गरेको छ ।
  • अर्थ मन्त्रालयका अनुसार यस वर्ष नेपालको अंक ०.१९ ले बढेर ३.६६ पुगेको छ ।
  • मन्त्रालयले हालैका बाढी र सरकारले सुरु गरेका सुशासन तथा आर्थिक सुधारका कार्यक्रमले उक्त अंक हासिल गर्न सहयोग गरेको बताएको छ ।

३० कात्तिक, काठमाडौं । नेपाल सार्वभौम ‘क्रेडिट रेटिङ’ मूल्यांकनमा पुन: सोही स्थानमा रहन बाध्य भएको छ ।

फिट्चको सार्वभौम रेटिङ मोडेल (एआरएम) मा नेपाल पुन: ‘बीबी माइनस’ मा रहेको छ । अर्थ मन्त्रालयका अनुसार यस वर्ष नेपालको अंक ०.१९ ले बढेर ३.६६ पुगेको छ । गत वर्ष ३.४७ थियो । गत वर्षको अंकमा गुणात्मक मूल्यांकनबाट एक तह थपेर बीबी माइनस दिइएको थियो ।

यस वर्ष नेपालले आफ्नै अंकका आधारमा कुनै ग्रेस अंकविना बीबी माइनस प्राप्त गरेको हो । फिट्च रेटिङले नेपालको सार्वभौम क्रेडिट रेटिङलाई स्थिर दृष्टिकोण सहित लगातार तेस्रो वर्ष बीबी माइनस कायम गरेको हो ।

हालैको रसुवा, बुढीगण्डकी लगायत विनाशकारी बाढीले सिर्जना गरेको प्रतिकूल अवस्थामा प्राप्त मूल्यांकनमा सरकारले सुरु गरेका सुशासनका कदम, समग्र आर्थिक सुधारका कार्यक्रम लगायतले उक्त अंक हासिल गर्न सफल भएको मन्त्रालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?