+
+
Shares

प्रधानमन्त्रीको भारत भ्रमण : ऊर्जा र पूर्वाधार सहकार्य प्राथमिकतामा

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते १२:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणमा नेपाल–भारतबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यका परियोजनाको उद्घाटन तथा शिलान्यास हुने तय भएको छ।
  • परराष्ट्र मन्त्रालयका अनुसार व्यापार, पारवहन, लगानी, ऊर्जा र पूर्वाधारमा सहकार्य विस्तारबारे दुवै देशका नेतृत्वबीच व्यापक छलफल हुने छ।
  • शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनका क्षेत्रमा सहकार्यका लागि समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम पनि रहेको छ।

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको छ ।

नेपालका लागि भारत ठूलो र महत्वपूर्ण साझेदार राष्ट्र रहेको उल्लेख गर्दै उनले व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधारलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा दुवै देशका नेतृत्वबीच व्यापक छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र सचिव अमृत राईका अनुसार, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।

दुई देशबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल हुने उनले बताए ।

यसैगरी, विभिन्न ऊर्जा तथा पूर्वाधार परियोजनाको उद्घाटन र शिलान्यासका साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्रीको भ्रमणले नेपाल र भारतबीच विद्यमान द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?