+
+
Shares

पुष ११ र १२ गते ‘साङ्ग्रिला लिटरेचर फेस्टिभल’ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं साङ्ग्रिला फाउन्डेसनले ललितपुरमा यही पुष ११ र १२ गते साङ्ग्रिला लिटरेचर फेस्टिभलको पहिलो संस्करण आयोजना गर्ने भएको छ।
  • दुईदिने महोत्सवमा साहित्य, कला, सांगीतिक प्रस्तुति, संवादका सत्र, पुस्तक प्रदर्शनी र पुस्तकमा हस्ताक्षर गर्ने कार्यक्रम हुनेछन्।
  • महोत्सवका निर्देशक केन सुवेदीका अनुसार भारतका केही ख्यातीप्राप्त लेखक सहभागी हुनेछन् र कार्यक्रममा बालसाहित्य, महिला साहित्य, एआईलगायत विषय समेटिनेछन्।

काठमाडौं । साङ्ग्रिला लिटरेचर फेस्टिभलको पहिलो संस्करण यही पुष ११ र १२ गते आयोजना हुने भएको छ । ललितपुरमा हुने यो महोत्सव सिर्जनशीलता, विचार तथा सांस्कृतिक आदानप्रदानको उत्सव हुने आयोजकले जानकारी दिएका छन् ।

काठमाडौं साङ्ग्रिला फाउन्डेसनको आयोजनामा हुने दुईदिने महोत्सवले साहित्य, कला तथा सांगीतिक प्रस्तुतिका क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउने बताइएको छ ।

महोत्सवका निर्देशक केन सुवेदीका अनुसार, भारतका केही ख्यातीप्राप्त लेखकहरू यस महोत्सवमा सहभागी हुनेछन् । महोत्सवमा मुख्यतः साहित्य, भिजुअल तथा पर्फर्मिङ आर्ट्ससँग सम्बन्धित विषयमा अन्तर्क्रियात्मक सत्रहरू र पुस्तक, संस्कृति एवं समाजसँग सम्बन्धित विषयमा संवादका सत्रहरू सञ्चालन गरिनेछन् ।

संवादका सत्र, कलात्मक प्रस्तुति तथा सांगीतिक प्रस्तुतिमार्फत विभिन्न विधाबीच आपसी संवादलाई प्रोत्साहन गर्नुका साथै सर्जक र दर्शकबीच अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने महोत्सवको उद्देश्य रहेको छ।

आयोजकका अनुसार, दुई फरक हलमा एकै समयमा विषयगत छलफलका सत्रहरू सञ्चालन गरिनेछन् । उद्‍घाटन समारोहमा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिनेछन् भने समापन समारोहमा वाद्यवादनसहितको प्रस्तुति रहनेछ ।

साहित्यिक संवादका सत्रहरूका अतिरिक्त, महोत्सवमा पुस्तक प्रदर्शनीका स्टलहरू पनि राखिनेछन्, जहाँ आगन्तुकहरूले विभिन्न पुस्तकहरूको अवलोकन तथा छनोट गर्न सक्नेछन् । साथै, पुस्तकमा हस्ताक्षर गर्ने कार्यक्रममार्फत पाठकहरूले लेखकहरूसँग प्रत्यक्ष भेटघाट गर्न र उनीहरूका कृतिबारे थप नजिकबाट जान्ने अवसर प्राप्त गर्नेछन् ।

संवादका सत्रहरूमा बालसाहित्य, महिला साहित्य, सीमान्तकृत समुदायको साहित्य, युवा साहित्य, अनुवाद, एआई, कविता लगायतका विविध विषयवस्तुहरू समेटिनेछन्।

आयोजकले एक वर्षसम्म साहित्यसँग सम्बन्धित संवाद कार्यक्रम ‘साङ्ग्रिला संवाद’ आयोजना गरेपछि दुई-दिवसीय महोत्सवको घोषणा गरेको हो । महोत्सवको कार्यक्रमका विषयवस्तु तथा सहभागी हुने लेखक तथा कलाकर्मीहरूबारे थप विवरण पछि वेबसाइटमा पनि राखिने आयोजकले जानकरी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?