+
+
Shares

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न प्रचण्डको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते १४:१०

४ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग गरेका छन् ।

स्थानीय तहको निर्वाचनको तयारी अन्तर्गत निर्वाचन आयोगले बोलाएको छलफलमा प्रचण्डले यो विषय राखेका हुन् ।

विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्नुपर्ने विषयलाई उनले विशेष प्राथमिकताका साथ उठाएको उनको सचिवालयले जनाएको छ ।

शान्ति सम्झौतापछि पहिलो संविधानसभाको निर्वाचनको समयदेखि नै आफूले विदेशमा रहेका नेपालीहरूको मतदान अधिकार सुनिश्चित गर्नुपर्ने धारणा राख्दै आएको पनि प्रचण्डले बताएका छन् ।

विदेशमा रहेका नेपालीहरूको मतदान अधिकार सुनिश्चित गर्न प्राविधिक र कानुनी दुवै पक्षमा गम्भीर अध्ययन आवश्यक रहेको प्रचण्डको भनाइ छ । यसका लागि नेपालीहरूको ठूलो संख्या रहेका देशका सरकारसँग नेपाल सरकारले द्विपक्षीय वार्ता र संवाद गर्नुपर्ने तथा निर्वाचन आयोगले पनि आवश्यक सहजीकरण गर्नुपर्ने उनले बताए ।

विदेशमा रहेका नेपालीहरूको मतदान अधिकार सुनिश्चित गर्न सके मात्रै निर्वाचनको विश्वसनीयता र नेपाली जनताको वास्तविक निर्णय गर्ने अधिकार थप सुदृढ हुने उनको भनाइ छ ।

निर्वाचन दुई चरणमा गर्ने विषयमा भइरहेको छलफलका सम्बन्धमा भने उनले आयोगको प्रस्तुति र सुझावलाई अध्ययन गरी पार्टीभित्र छलफल गरेपछि थप निर्णय लिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?