+
+
Shares

धारिलो हतियार देखाएर मोबाइल लुट्ने तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते १७:४५

४ मंसिर, काठमाडौं । धारिलो हतियार देखाएर धाकधम्की दिँदै मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

बुधबार बिहान करिब ३:४२ बजे काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित सडकखण्डमा अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाएर मोबाइल लुटपाट गरी फरार भएका थिए ।

घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकैबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–१ घर भई कलंकी बस्ने ३३ वर्षीय राजकुमार श्रेष्ठ, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ घर भई कलंकी बस्ने २८ वर्षीय सागर तामाङ र कास्कीको पोखरा घर भई कलंकी बस्ने २८ वर्षीया सन्ध्या तामाङ रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट लुटपाट गरिएका मोबाइलसमेत बरामद गरेको जनाएको छ ।

उनीहरूमाथि चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?