+
+
Shares

सामाखुसी टाउन प्लानिङमा धारिलो हतियार प्रहारबाट युवक घाइते

ग्रिन सिटी अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले बताएको छ । हतियार प्रहार गर्नेको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १७:३०

५ असार, काठमाडौं । सामाखुसीस्थित टाउन प्लानिङमा एक युवकमाथि धारिलो हतियार प्रहार भएको छ । हतियार प्रहारबाट रुकुम पश्चिम घर भएका २२ वर्षीय तोपजंग ओली घाइते भएका छन् ।

बिहीबार राति करिब साढे ८ बजेतिर अज्ञात व्यक्तिले उनीमाथि चाइनिज दाउले प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

हतियारबाट प्रहारबाट टाउको र पाखुरामा चोट लागेको छ ।

ग्रिन सिटी अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले बताएको छ । हतियार प्रहार गर्नेको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?