+
+
Shares

गगन थापा भोटेकोसी र त्रिशूली करिडोरमा बाढी प्रभावितसँग अन्तरक्रिया गर्दै

रासस रासस
२०८३ मंसिर ६ गते ८:५३

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा भोटेकोसी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा प्रभावितहरूसँग छलफल गर्दैछन् ।

थापाले टोखा-छहरे हुँदै वेत्रावती पुगेर रसुवा र नुवाकोट दुवैतर्फका बाढी प्रभावितसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ । त्यसपछि रसुवाको बोगटीटारस्थित होल्डिङ सेन्टरमा पुगेर प्रभावितहरूसँग छलफल गर्ने उनको सचिवालयले जनाएको छ ।

त्यसपछि नुवाकोट फर्केर ढुङ्गे र त्रिशूली बजारका बाढी प्रभावितसँग छलफल तथा अन्तर्क्रिया गर्ने कार्यक्रम छ । उनले विदुरमा बाढी प्रभावित सरोकार समितिका प्रतिनिधिसँग पनि भेटघाट र छलफल गर्नेछन् ।

सभापति थापाले नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारमा रसुवा र नुवाकोटका बाढी प्रभावितलाई राखिएका पाँचवटा होल्डिङ सेन्टरको समेत अवलोकन गर्नेछन् । त्यहाँ प्रभावितहरूको अवस्था, समस्या र आवश्यकताबारे छलफल गर्ने कार्यक्रम छ ।

त्यसपछि देवीघाट हुँदै धादिङको गल्छी र गजुरी पुगेर बाढी प्रभावितसँग छलफल तथा अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । गल्छीबाट उनी काठमाडौं फर्कनेछन् ।

भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न तथा पीडितका समस्या र आवश्यकताबारे जानकारी लिन थापा स्थलगत भ्रमणमा जान लागेका हुन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?