+
+
Shares

भक्तपुरमा सकिमना पूर्णिमा (तस्वीरहरू)

सकिमना नेवार समुदायले मनाउने विशेष पूर्णिमामध्ये एक हो।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८३ मंसिर ८ गते १९:३१

८ मंसिर, काठमाडौं । किमना नेवार समुदायले मनाउने विशेष पूर्णिमामध्ये एक हो। जुन नेपाल भाषाका दुई शब्दहरू सकि र मना मिलेर बनेको छ । सकि भन्नाले पिँडालु हो भने मना भन्नाले उसिन्नु हो । आजको दिन पिँडालु उसिनेर खाने भएकै कारण यसलाई सकिमना पूर्णिमा भनिएको हो । जाडो महिनामा तरकारीहरुको अभाव हुने भएको हुनाले कन्दमुल (जमिन मुनि पाइने खाना) पनि खान मिल्छ भने संदेशको प्रतिक यो पुर्णिमा मनाउने गरिन्छ। ‍त्यसो त आजको दिन चन्द्रमा पृथ्वीबाट नजिक रहने गर्दछ । तसर्थ आजको दिन चन्द्रमाको आकार अन्य दिनको पूर्णिमाका चन्द्र भन्दा ठूलो देखिन्छ।

आज जुन उदाएसँगै नेवार समुदायले नजिकका मठमन्दिर अगाडि विभिन्न अन्न सुकाउने गर्छन्। त्यस्तै मकै, गहुँ, भटमास, ताय, माल्पा, स्वारी, तथा अन्य अन्नको देवता, मन्दिर वा चैत्यको आकृति बनाइने गरिन्छ। जुन संस्कृतिलाई हरिमन्दि तथा नसा ब्वयेगु वा हलिमली पर्व भन्ने चलन छ । साँझ अबेरसम्म भजन गाउने चलन पनि छ। रात छिप्पिँदै गएपछि जुनमा सुकाइएको अन्नहरू प्रसादको रुपमा सबैलाई वितरण गरेर खाने गरिन्छ। देशभरका नेवार समुदायले जस्तै भक्तपुरका नेवार समुदायले पनि यस पर्व मनाएका छन्।

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?