+
+
Shares

आनी छोइङ डोल्माबारे सर्वोच्चमा आगामी सोमबार छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते १७:१२

९ मंसिर, काठमाडौं । गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे आगामी सोमबार (१४ मंसीर)छलफलका लागि बोलाएको छ ।

सर्वोच्च अदालतले दुवै पक्षविचको छलफलपछि मात्रै अन्तरिम आदेशवारे निष्कर्षमा पुग्न उपयुक्त हुने भनी दुवै पक्षलाई झिकाउन आदेश गरेको हो ।

सफलता बोगटी लगायतले डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गर्नु गैरकानूनी हुने दावी सहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले प्रारम्भिक सुनुवाईपछि दुवै पक्षलाई छलफलका लागि झिकाएको हो ।

नागरिकताको विवादमा परेकी अनि सम्पत्ति शुद्धिकरणको आरोपमा अनुसन्धान भइरहेको व्यक्तिलाई सरकारले कोषको उपाध्यक्षमा नियुक्त गरेको भनी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?