+
+
Shares

नबिल बैंकलाई भिसा इन्टरनेसनलको दुई विधाका अवार्डबाट सम्मान

नबिलले यस वर्ष ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस–इसुइङ’ र ‘एक्सिलेन्स इन ई–कमर्श एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लायन्ट’ विधामा अवार्ड जितेकोे हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते १९:५७

९ मंसिर, काठमाडौं । नबिल बैंकले भिसा इन्टरनेसनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको छ ।

नबिलले यस वर्ष ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस–इसुइङ’ र ‘एक्सिलेन्स इन ई–कमर्श एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लायन्ट’ विधामा अवार्ड जितेकोे हो ।

काठमाडौंस्थित मेरिअट होटलमा सोमबार आयोजित भिसा लिडरसिप कन्क्लेभमा नबिलका प्रतिनिधिले उक्त विधाका अवार्ड ग्रहण गरेका थिए । यसअघि पनि उक्त विधामा नबिलको वर्चस्व रहँदै आएको थियो ।

नबिलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले यस अवार्डले ग्राहकवर्गको सुविधा र सहजता ध्यानमा राखी निरन्तर नवीनता र नवप्रवर्तन आत्मसात् गर्न थप ऊर्जा प्राप्त भएको बताए ।

‘हामीलाई यस अवार्डले विश्वसनीय र डिजिटल रूपमा सशक्त नेपालको निर्माणप्रति प्रतिबद्ध रहन थप प्रेरणा प्रदान गरेको छ,’ उनले भने ।

भिसा इन्टरनेसनल कार्र्डप्रदायक कम्पनी हो । नेपालमा भिसाले बर्सेनि भिसा लिडरसिप कन्क्लेभ समापन गर्दै आइरहेको छ ।  नेपालमा डिजिटल भुक्तानी प्रणाली विकास र विस्तारमा भिसाले एक महत्त्वपूर्ण उत्प्रेरकको भूमिका निर्वाह गर्दै आएको छ ।

चार दशकभन्दा लामो बैंकिङ यात्रामा नबिलले नवीन सेवा तथा प्रविधि मार्फत बैंकिङलाई थप सहज, आधुनिक र पहुँचयोग्य बनाउँदै आएको छ ।

बैंकले ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यसाथ ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणा थप सशक्त रूपमा अगाडि बढाएको छ ।

नबिलले हाल २ सय ६१ शाखा, १७ विस्तारित काउन्टर र ३ सय १८ एटीएम मार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?