+

इंग्लिस प्रिमियर लिगमा चेल्सीको लगातार तेस्रो हार

२०८३ मंसिर  १२ गते ९:४३ २०८३ मंसिर १२ गते ९:४३

१२ मंसिर, काठमाडौं । प्रिमियर लिगमा चेल्सीले लगातार तेस्रो हार बेहोरेको छ। शुक्रबार राति भएको खेलमा चेल्सी नटिङहम फरेस्टसँग ३–२ गोलले पराजित भएको हो।

फरेस्टको घरेलु मैदानमा इगोर जेससले पाँचौं मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको छैटौं मिनेटमा मोर्गन गिब्स–ह्वाइटले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए।

५४औं मिनेटमा इमानुएल इमेघाले गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने प्रयास गरे। तर ७२औँ मिनेटमा गिब्स–ह्वाइटले व्यक्तिगत दोस्रो गोल गरेपछि फरेस्टले ३–१ को अग्रता बनायो।

खेलको ८९औं मिनेटमा इमेघाले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अन्तर घटाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

जितसँगै फरेस्ट १७औँ स्थानबाट १४औँ स्थानमा उक्लिएको छ। लगातार तेस्रो हार बेहोरेको चेल्सी भने आठौं स्थानमा छ।

सन् १९९७ पछि सिटी ग्राउन्डमा चेल्सीविरुद्ध फरेस्टको यो पहिलो जित हो।

इंग्लिस प्रिमियर लिग चेल्सी नटिङहम फरेस्ट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय