+
१०औं राष्ट्रिय खेलकुद :

पुरुष फुटबलको सेमिफाइनल समीकरण पूरा, बाँकी खेल जुम्लामा हुने

२०८३ मंसिर  १३ गते १३:०२ २०८३ मंसिर १३ गते १३:०२

१३ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले बराबरी खेलेसँगै सेमिफाइनल समीकरण पूरा भएको छ ।

आइतबार सुर्खेतस्थित नेपाली सेनाको राजदल गण खेलमैदानमा भएको खेलमा आर्मी र कोशीले १–१ गोलको बराबरी खेले । दुवै टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

खेलको ५१औं मिनेटमा निराजन धामीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । तर, ६८औं मिनेटमा कोशीका मिलन राईले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

यसअघि एपीएफ र नेपाल पुलिस क्लबले पनि सेमिफाइनलमा स्थान बनाइसकेका थिए । अब सेमिफाइनलमा आर्मीले एपीएफ र कोशीले पुलिसको सामना गर्नेछन् ।

प्रतियोगिताका बाँकी सेमिफाइनल तथा फाइनल खेल जुम्लामा सञ्चालन हुनेछन् ।

१०औँ राष्ट्रिय खेलकुद पुरुष फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय