विकास राज न्यौपाने
टेक्सास । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल अमेरिकाको टेक्सासस्थित ड्यालस पुगेका छन् । उपसभापति पौडेलसँगै नेपाली काँग्रेसका युवा नेताद्वय प्रकाशशरण महत र ध्रुब वाग्ले ड्यालस पुगेका छन् ।
नेपाली जनसम्पर्क समिति अमेरिकाको ड्यालसमा हुन लागेको अधिवेशनमा सहभागी हुन उपसभापति पौडेलसहितका कांग्रेस नेताहरू अमेरिका पुगेका हुन् । उपसभापति पौडलसहित कांग्रेस नेताहरूलार्इ ड्यालस फोर्टवर्थमा स्वागत गरिएको थियो ।
नेपाली जनसम्पर्क समिति ड्यलास फोर्टवर्थका सभापति ज्ञानेन्द्र राज कार्की, वेस्ट टेक्सासका सभापति हरिबोल भण्डारी, आशन्न अधिवेशनका अध्यक्ष प्रत्यासीहरु गोरखबहादुर विष्ट (आनन्द), कृष्ण लामिछाने, विष्णु सुबेदी लगायत काँग्रेसका कार्यकर्ताहरु नेताहरूको स्वागतार्थ विमानस्थलमा पुगेका थिए । नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन यही नोभेम्बर २२ र २३ तारिखमा टेक्सासको ड्यालसमा हुँदैछ ।