Comments Add Comment

वार्तामा बस्न तयार छौं : नारायणकाजी

१८ माघ, काठमाडौं । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कांग्रेस र एमालेले सहमतिबाटै अघि बढ्ने पूर्णप्रतिवद्धता जनाएर अहिलेको प्रक्रियालाई स्थगन गरे नयाँ शिराबाट सहमति हुने सम्भावना अझै नसकिएको बताएका छन् ।

Naryan kaji Shresthaआइतबार बिहान ललितपुरस्थित श्रेष्ठको निवासमा पुगेका रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाबाट ज्ञापनपत्र ग्रहण गर्दै उपाध्यक्ष श्रेष्ठले कांग्रेस-एमालेले बहुमतको हठ त्याग्नु पर्ने र सहमतिबाटै संविधान बनाउनुपर्ने बताए ।

‘सहमतिबाट अघि बढ्न तयार हुनुपर्दछ, यदि उहाँहरुले सहमतिबाटै संविधान जारी गर्नुपर्छ भन्ने प्रतिबद्धता देखाउनुहुन्छ भने अझै पनि सहमति र वार्ताको सम्भावना छ,’ श्रेष्ठले भने ।

उपाध्यक्ष श्रेष्ठले एमाओवादी वार्ता र सहमतिको विरोधी नभएको बताउँदै बहुमतीय प्रक्रिया सुरु गरेर कांग्रेस र एमालेले नै वार्ताको ढोकाबन्द गरेको आरोप लगाए ।

‘अहिले हाम्रो एक सूत्रीय एजेण्डा भनेको संविधानसभाबाटै संविधान जारी गर्नु हो, उनले भने, ‘जनआन्दोलन, १२ बुँदे सम्झौता, विस्तृत शान्ति सम्झौता र ऐतिहासिक सम्झौत्ााका सहयात्रीहरुवीच सहमति अनिवार्य छ ।’

उनले आफूहरुले देशलाई द्वन्द्वमा धकेल्न नचाहेको दाबी गर्दै भने-‘कांग्रेस, एमालेले हठात् बहुमतीय प्रक्रियालाई अघि बढाएपछि हामी आन्दोलनमा जानुपरेको हो, यो हाम्रो बाध्यता हो ।’

प्रक्रियाबाट संविधान लेखन थालेका सत्तारुढ दलका विरुद्धको आन्दोलन, संविधानसभाभित्रको संघर्ष र वार्ताको टेवलमा सकारात्मक ढंगबाट अघि बढाउने सन्दर्भमा पार्टीभित्र सबै नेताहरु एक मत रहेको श्रेष्ठले स्पष्ट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment