Comments Add Comment

अफगान संसदमा आक्रमण गर्ने ६ तालिबानी मारिए

Afgan-parliament-blast

७ असार, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित संसद भवनमा भएको आक्रमणमा ६ तालिबानी चरमपन्थी मारिएका छन् ।

यससँगै सुरक्षा बल र चरमपन्थीबीचको मुठभेड सकिएको छ ।

प्रस्तावित रक्षामन्त्री मसुम स्तानेकजईको सांसदहरुलाई परिचय गराउने क्रममा संसद भवन बाहिर विस्फोट भएको थियो । लगतै आक्रमणकारीहरु भवन भित्र प्रवेश गरेका थिए ।

विस्फोटको तालिबानले जिम्मा लिएको छ । विस्फोटमा केही मानिस घाइते भएका छन् ।  स्थानीय सञ्चार माध्यमहरुका अनुुुुसार काबुलको दहमाजांग इलाकामा पनि विस्फोट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment