राजेन्द्र आचार्य
१३ साउन, चितवन । बन्द आह्वान गरेर यात्रुहरुलाई दुख दि:एको भनेर आलोचना भएपछि हिन्दु धर्मका समर्थकहरुले चितवनमा अलपत्र परेका यात्रुहरुलाई खाना खुवाएका छन् ।
नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै बुधबार हिन्दु धर्मका समर्थकहरुले चितवन, नवलपरासी र रुपन्देही जिल्ला बन्द आह्वान गरेका छन् ।
चितवनको पुल्चोक क्षेत्रमा बन्दकर्ताहरुले पाल टाँगेर खाना पकाएका थिए । त्यसमा स्थानीय व्यवसायीहरुले पनि सहयोग गरेका थिए ।
बन्दका कारण खान नपाएका र बीच बाटोमै अलपत्र परेकाहरुलाई उनीहरुले भात, तरकारी, चिउरा, पानी लगायतका खानेकुरा खुवाएका थिए । खाना खान पाएपछि यात्रुहरु पनि खुसी देखिन्थे ।
हिन्दु राष्ट्र बचाऊ अभियानका संयोजक डा. गुरुप्रसाद सुवेदीले भने, ‘बरु हामी नखाई बस्छौं तर यात्रुहरुलाई खुवाउनेछौं ।’
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैंडाकोटस्थित जयश्री पुल सोमबार साँझ भााचिएपछि २४ घण्टासम्म बाटोमै रोकिएका सवारी साधन र तिनका यात्रुहरु बुधबार विहानैदेखिको बन्दले गन्तव्यसम्म पुग्न नपाएर झन् समस्यामा परेका छन् । नवलपरासीका जंगलमा अलपत्र परेका यात्रुहरुले पानीसमेत खान नपाएको गुनासो गरेका छन् ।