Comments Add Comment

साहरुखकी हिरोइन सलमानकी ऐश्वर्या

kirti-salmanबलिउड नायक सलमान खानले नयाँ ऐश्वर्या पाएका छन् । सलमान खान र नायिका ऐश्वर्या रायविच कुनै समय गहिरो प्रेम थियो । तर, पछि यी दुई अलग भए र ऐश्वर्याले बिहे गरिन् ।

सलमानले संचालन गर्दै आएको रियालिटी शो ‘वीग बोस’मा उनले ऐश्वर्यालाई फेला पारेका हुन् । उनले ती नायिकासँग ‘हम दिल दे चुके सनम’को संवाद बोलेका छन् ।

सलमानले ऐश्वर्याको रुपमा फेला पारेका हुन् नायिका कृती सेननलाई । कृती उनको नयाँ चलचित्र ‘दिलवाले’को प्रमोशनका लागि सलमानले संचालन गर्दै आएको रियालिटी शो ‘बीग बोस’मा पुगेकी थिइन् । डिसेम्बर १८ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘दिलवाले’का नायक वरुण धवन पनि शोमा पुगेका थिए ।

उक्त शोमा सलमान र कृतीले गम्भिर रुपमा संवाद बोलेका छन् । कृतीमा ऐश्वर्या देखेका सलमान पनि गम्भिर बने र संवाद बोले । कृतीले ‘हम दिल दे चुके सनम’मा ऐश्वर्याले निर्वाहा गरेको ‘नन्दिनी’को चरित्र सलमानको अगाडि उतार्ने प्रयास गरिन् ।

सलमानको यो शोमा ‘दिलवाले’का मुख्य कलाकार साहरुख खान र काजोल पनि जानेछन् । सलमानसँग सम्बन्ध राम्रो भएपछि साहरुख पहिलो पटक यो शोमा सहभागी हुन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment