Comments Add Comment

‘प्रेमगीत’को चर्चा गर्दै सरोज खनाल पूर्वमा

saroj-in-purba
गाेपाल दाहाल, धरान
पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको ‘नयाँ शक्ति’को अन्तरिम परिषद् सदस्य बनेका नायक सरोज खनाल अहिले चलचित्र ‘प्रेमगीत’को प्रचार प्रसार गर्न पूर्व आइपुगेका छन् ।

विहिबार धरान आइपुगेका खनालले ‘प्रेमगीत’मा लक्ष्मी गिरी, आफू र प्रदिप खड्काका तीन पुस्ताको कथा समेटिएको भन्दै हेरेर प्रतिक्रिया दिन दर्शकसँग आग्रह गरे । उनले ‘प्रेमगीत’बाट आफू आशावादी रहेको पनि बताए । धरानमा आयोजीत पत्रकार भेटघाटमा उनले भने-‘यो चलचित्र नाम ‘प्रेमगीत’ भनिएपनि प्रेमको मात्र कुरा छैन, यसले जेनेरेसन ग्यापको कुरा पनि उठाएको छ ।’

माघ २९ देखि देशका ६२ हलमा प्रदर्शन हुन लागेको ‘प्रेमगीत’का नायक प्रदिप खड्काले पनि आफ्नो पाँच वर्षको मेहनतको फल भएकाले ‘प्रेमगीत’ले स्थापित गराउने विश्वास व्यक्त गरे । चलचित्रमा केटा (प्रेम) र केटी (गीत) को कथा समेटिएको उनले बताए । उनले भने-‘यो चलचित्रले नेपाली चलचित्र राम्रा हुँदैनन् भन्ने दर्शकको कन्सेप्ट हटाउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment