+
+

ठूला दल सिन्डिकेटको पक्षमा

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २६ गते ६:३०

pokhara ma bus२६ वैशाख, काठमाडौं । तीन ठूला राजनीतिक दलले यातायात खुलाउने बाहनामा राज्य पक्षलाई झुकाउने निर्णय गरेका छन् ।

शुक्रबार साँझ गोरखाको होटल  मिराकलमा बसेको कांग्रेस, एमाले, एनेकपा माओवादीको बैठकले सिन्डिकेटका दुई समितिको आग्रहअनुसार निर्णय गर्दै प्रहरी प्रशासनलाई तल पारेर यातायात खुलाउन दबाब दिने निर्णय गरेका अाजको अन्नपूर्णमा समाचार छ ।

दलहरुको बैठकपछि जारी वक्तव्यमा सार्वजनिक यातायात छेकथुन, तोडफोड गर्ने प्रहरी कार्यालय तोडफोड गर्ने र प्रहरीमाथि आक्रमण गर्नेलाई विनासर्त छाड्न दबाब दिने निर्णय गरिएको हो । तीन दिनदेखि बन्द बस सेवा सुचारु गराउन तीन दलको बैठक बसेको थियो ।

यस्तै गोखरखाका विभिन्न स्थानमा प्रहरीले ज्यादति गरेको भन्दै भत्सर्ना गरिएको छ ।

गोरखा यातायात र पृथ्वी यातायातले जिल्लामा अरु यातायातलाई गाडी चलाउन नदिन दबाब दिन गोरखामा तीन दिनदेखि सार्वजनिक यातायात सेवा अवरुद्ध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?