Comments Add Comment

हत्या अभियुक्त १६ वर्षपछि पक्राउ

Jail Logo१३ जेठ, काठमाडौं ।  वीरगन्जका पेट्रोलियम व्यवसायीको हत्या गरेर १६ बर्षदेखि फरार रहेका पाच जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाण्डौबाट आएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले दुवै जनालाइ मङगलवार साँझ पक्रेको हो।

मंगलवार साँझ पाँच जना पक्राउ परे पनि प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर दुइ जनालाइ मात्र सार्वजनिक गरेको आजको अन्नपूर्णमा समाचार छ ।

पक्राउ परेका मध्ये पर्साको भिखमपुर गाविस वडा नम्बर ९ घर भएका ३३ बर्षिय धर्मेन्द्र पटेल र  वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १७ पिपरा घर भएका ३७ बर्षिय देवेन्द्र पटेललाइ मात्र जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका पर्साको लंगडी गाविसको बखरीका जगरनाथ प्रसाद कुर्मी, वीरगन्ज १७ पिपराका उमेश कुर्मी र बाराको गण्डक बहुअरीका नेपाली सिंहलाइ भने सिआइबीको टोलीले बुधबार काठमाण्डौ लिएर गएको श्रोतले जनाएको छ।

तर जिल्ला प्रहरी कार्यालय पर्सामा बुधबार आयोजित पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले भने दुइ जनालाइ मात्र पक्राउ गरिएको बताए। प्रहरीले दुइ जनालाइ मात्र पक्राउ गरेको हो, उनले भने, ‘अनुसन्धान अझै जारी छ, यो भन्दा बढि अहिले अरु केहि भन्न मिल्दैन।  वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १७ बहुअरीमा अवस्थित सौदागर आयल स्टोर्सका सन्चालक ३३ बर्षिय श्रीराम प्रसाद रौनीयारको २०५७ साल साउन ७ गते गोली हानी हत्या भएको थियो।

२०५७ साल साउन ७ गते राति आठ बजे तिर पेट्रोल पम्प बन्द गरेर घर फर्कने क्रममा बाइपास रोडमा रहेको हरियाली रेष्टुरेन्ट अगाडि पुगेका बेला रौनीयारलाइ मोटरसाइकलमा सवार भइ आएका बन्दुकधारीहरुले गोली हानेर रौनीयारको हत्या गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment