Comments Add Comment

कविता: प्रार्थना

प्रार्थना
——–
अलि अलि मधुरो
धुकधुकी
अल्झिएको
यो जिन्दगीको
पालुवा –  सपना
जीवन – जोश
शीतल – त्यो कथा
मर्दै गरेको
लड्दै गरेको
चौतारीको बुढो बर !
Kishor-subba-limbu
खै म कसरी पढुँ
आफ्नै ईतिहास
खै म कसरी बुझुँ
आफ्नै वर्तमान
खै म के आश गरूँ
आफ्नै भविष्य
म जन्मिनु के इतिहास थियो
म बाँच्नु के बहादुरी भयो
म मर्नु के क्षति हुनेछ !
एउटा जीबन
जबर्जस्ती बाँचीरहेछु
सपना फुलाउनु हैन
यो स्वास निभाउन पर्खीरहछु
ती
गिद्धहरूको प्रार्थनाले
यो धुकधुकी छिट्टै निभोस्
बरू
भोका गिद्धहरूका
एक छाक त बन्न सकुँ !
– किशोर सुब्बा लिम्बु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment