+
+

प्रधानमन्त्रीले बोलाएको वार्तामा डा. केसी गएनन्, प्रतिनिधि पठाए

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २६ गते १५:०९

govinda kc (2)

२६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा बोलाए पनि प्रा. डा. गोविन्द केसी गएनन् । वार्ताका लागि उनका प्रतिनिधिहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा भाग लिएर फर्किएपछि वार्ता सुरु हुनेछ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार प्रधानमन्त्रीले डा. केसीलाई नै वार्तामा बोलाएका थिए । र, उनले आउँछु भनेका थिए ।

तर, अहिले आफू नआउने खबर पठाएका छन् । दाहालले भने, ‘सुरुमा उहाँ (डा.केसी) आफैं आउँछु भन्नु भएको थियो । अहिले नआउने खबर आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?