Comments Add Comment

एमालेले निहुँ खोज्न आए सामना गर्न सांसदहरुलाई शेरबहादुरको निर्देशन

Sherbahadur-Deuba_1

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेले जहिले पनि निहुँ खोज्ने गरेको बताएका छन् । साथै उनले संसदमा अविश्वासको प्रस्ताव पास गर्ने क्रममा एमाले निहुँ खोज्न आए मुकाविला गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।

कांग्रेस संसदीय दलको बिहीबार विहान बसेको बैठकको सुरुमा प्रमुख सचेचक चिनकाजी श्रेष्ठले एमाले सांसदहरुले रोष्टम घेर्दा कुनै प्रतिवाद नगर्न निर्देशन दिएका थिए ।

लगत्तै संसदीय दलका नेता देउवाले सांसदहरुलाई सम्बोधन गरे । उनले एमालेले जहिले पनि निहुँ खोज्ने गरेको भन्दै चर्को आलोचना गरे । आफ्नोविरुद्ध अविश्वासको प्रस्ताव गर्दा होस् वा मनमोहन अधिकारीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा होस्, एमालेले निहुँ मात्रै खोज्ने गरेको उनले सुनाए ।

सरकारले विश्वास गुमाइसकेपछि विधेयक पास गर्न खोज्नुको कुनै औचित्य नभएको भन्दै उनले निहुँ खोजे जवाफ दिन तयार भएर बस्न आफ्ना सांसदहरुलाई निर्देशन दिए ।

तर, कसरी जवाफ दिने भन्नेबारे देउवाले थप स्पष्ट पारेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment