असार महिनाबाट सुरु भएको चलचित्र सम्बन्धी अवार्डको मौसम अझै केही महिना जारी रहनेछ । अझै केही लोकप्रिय र चर्चित अवार्ड हुने बाँकी छ । विवाद, मनोमानीका विच पनि अवार्ड समारोहहरु आयोजना भैरहेका छन् ।
विभिन्न विधामा फरक-फरक कलाकारले अवार्ड जिते पनि उत्कृष्ट नायिकाको विधामा भने यो बर्ष आयोजना भैरहेका अवार्डमा नायिका नम्रता श्रेष्ठकै बोलबाला देखिएको छ । उत्कृष्ट नायक विधामा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ दयाहाङ राइले अवार्ड पाउँदा ‘फान र डी सिने अवार्ड’ नायक आर्यन सिग्देलले प्राप्त गरेका थिए ।
तर, नायिकाको हकमा भने यो बर्ष नायिका श्रेष्ठले अरुलाई अवसर नै नदिने देखिएको छ । लगातार यो बर्ष ३ वटा अवार्ड जितेर नम्रताले ह्याट्रिक नै गरिसकेकी छिन् ।
नम्रता बर्षमा एउटा मात्र चलचित्रमा काम गर्छिन् । तर, एउटा चलचित्रमा काम गरेपनि आधा दर्जन चलचित्रमा काम गर्ने अन्य नायिकाहरुमाथि उनी हाबी देखिएकी छिन् । अब, हेर्न बाँकी छ कि, निकट भविष्यमा नै आयोजना हुन लागेका अवार्डमा नम्रता कै निरन्तरता रहन्छ या रहँदैन ।
प्रतिक्रिया 4