हालैका दिनहरुमा पाकिस्तानका एक युवक सोसल मिडियामा खुबै चर्चामा छन् । उनको यो प्रसिद्धिको कारकतत्व चाहीँ उनका शक्तिशाली दाँत हुन् ।
सैयद ताहिर नामका २१ वर्षे ती ठिटाले आफ्ना दाँतले ६ वटा इँटा उठाउँछन् । दाँतमा इँटा अठ्याएर उनी केहीबेर हिँड्छन् पनि ।
कसैले ताहिरको उक्त अद्भुत क्षमताको भिडियो खिचेर यु ट्युबमा हालिदिएपछि उनको चर्चा चुलिएको छ । उक्त भिडियो यु ट्युबमा खुबै हेरिएको छ ।
पाकिस्तानी मिडियाका अनुसार सैयद ताहिर पन्जाब प्रान्तको रसूलका बासिन्दा हुन् । उनी कलेज पढ्दा पढ्दै छाडेका युवक रहेको बताइएको छ ।
एजेन्सी