+
+

हङकङबाट ३ अर्ब नेपाल भित्र्याउन सिल्भर हेरिटेजलाई अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २१ गते १७:३९

२० असार, काठमाडौं । असार नेपाल राष्ट्र बैंकले सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिलाई विदेशबाट ३ अर्ब ५ करोड रकम ल्याउनको लागि अनुमति प्रदान गरेको छ ।

राष्ट्र बैंकले बुधबार मात्रै यो रकम ल्याउनको लागि अनुमति दिएको हो । ६ महिना यतादेखि रकमको स्रोत खुलाउन नसकेको भन्दै राष्ट्र बैंकले यसलाई रोकिरहेको थियो ।

राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभाग भीष्मराज ढुङ्गाना भन्छन् ‘प्रक्रिया नमिलेका कारण रोकएकिो थियो, प्रक्रिया पुरागरेसँगै यो रकम ल्याउन अनुमति दिएका हांै ।’

सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालि हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपको नेपालमा लगानी गर्न बनेको सहायक कम्पनी हो । सिल्भर हेरिटेज ग्रुप गत अगस्ट २९ मा अष्ट्रेलियन सेकुरिटिज एक्सचेन्जमा सूचीकृत भएको थियो ।

अहिल सिल्भर हेरिटेजेले रुपन्देहीको कोटिहवामा पाँचतारे होटल टाइगर प्यालेस रिसोर्ट निर्माण पुरा गरेको छ । तर राष्ट्र बैंकले रकम ल्याउन नदिएका कारण होटल सञ्चालमा ल्याउन नसेकको सिल्भर हेरिटेज ग्रुपले बताउँदै आएको थियो ।

बिशेषगरी यो रकम रुपन्देहीमा बनेको टाइगर प्यालेस रिसोर्ट वान र झापामा निर्माण सुरु गर्न लागिएको टाइगर प्यालेस रिसोर्ट-टुका लािग प्रयोग हुने भएको छ । सिल्भर हेरिटेज ग्रुपले झापामा टाइगर प्यालेस रिसोर्ट टु खोल्ने तयारी गरेको हो । जसका लागि २२ बिघा जमिन पनि खरिद गरेको छ ।

टाइगर प्यालेस रिसोर्ट वान मार्चदेखि सञ्चालन गर्ने सिल्भर हेरिटेजको प्रारम्भिक लक्ष्य थियो । तर, पछि बैंकमा देखिएको तरलतालाई दोष देखाउँदै जूनको नयाँ मिति तोकियो ।

जुन महिनामा भने सिल्भर हेरिटेजले राष्ट्र बैंकले रकम ल्याउन अनुमति नदिदासम्म सञ्चालनमा नल्याउने बताएको थियो ।

करीव १५ विगाहा क्षेत्रफलमा निर्माण भइरहेको यो होटलमा ३ अर्ब लगानी गरिएको छ भने यसमा २ सय रुमहरु छन् ।

नेपालमा सिल्भर हेरिटेज ग्रुप सन् २०१२ मा भित्रिएको हो, जसले अहिले काठमाडौंको सांग्रीला होटलमा मिलिनियर्स क्लब नामको क्यासिनो सञ्चालन गरिरहेको छ ।

यो क्यािसनो एसएचएल सर्भिसेजको नामबाट सञ्चालन भइरहेको छ । साथै सिल्भर हेरिटेजले धनगढीमा पनि अर्काे होटल खोल्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?