६ साउन, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित अधिकांश दैनिक पत्रिकाहरुले कार्टून प्रकाशित गरेका छैनन् ।
आज कान्तिपुर, अन्नपूर्ण पोस्ट र कारोबार दैनिकले मात्र कार्टून प्रकाशित गरेका छन् ।
कान्तिपुर दैनिकले राजनीतिक पार्टीहरुको चुनावी समीक्षालाई व्यंग्य गर्दै कार्टून प्रकाशित गरेको छ ।
त्यस्तै अन्नपूर्ण पोस्ट र कारोबार दैनिकले भने काठमाडौंका खाल्डाखुल्डीलाई ब्यंग्य गर्दै कार्टून प्रकाशित गरेको छ ।