३१ जुलार्इ, सउल । दक्षिण कोरियामा रहेका नेपालीहरुको संस्था नेपाल सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको अध्यक्षमा अञ्जु केसी विजयी भएकी छन् ।
दक्षिण कोरियाको राजधानी सउलको दोगंदेमुनको जोगसा गुम्बामा सम्पन्न भएको १६ औं अधिबेशनबाट अञ्जु विजयी भएकी हुन् ।
अञ्जुले ४८४ मतका साथ अध्यक्षका प्रत्यासी जित गुरुङलाई पराजित गरेकी छन् ।
यस्तै एनसीसीको उपाध्यक्षहरुमा प्रकाश ढुंगाना ४०५ र श्रीप्रसाद श्रेष्ठ २८०, महासचिब निर्मलकुमार बेल्बासे २६०, सचिवहरु कृष्ण भुसाल ४१६ र धर्मपुजन सुनुवार २३७, कोषाध्यक्षमा राजकुमार स्याङ्गताङ्ग ४१७, सह-कोषाध्यक्षमा बिष्णुप्रसाद घिमिरे ३४५ विजयी भएका छन् ।
चुनावमा जम्मा ७७९ मत खसेको एनसीसीका निवर्तमान सदस्य किरणप्रकाश वी.सी.ले जानकारी दिए ।