Comments Add Comment

पप गायक विष्टको सहयोगार्थ अमेरिकामा सांगीतिक कार्यक्रम


१२ जनवरी, अमेरिका । अमेरिकाको दक्षिण पूर्वी क्षेत्रका १५ वटा राज्यमा बस्ने नेपालीको साझा संस्था नेप्लिज एसोशिएसन अफ साउथ इष्ट अमेरिका (नासा) ले पप गायक ओमविक्रम विष्टको उपचारको सहयोगार्थ सांगीतिक कार्यक्रम गर्ने भएको छ ।

नेपाली पप संगीतका पहिलो गायकको रुपमा चिनिएका विष्टको उपचारको लागि यही शनिबार बेलुकी ९ बजे सांगीतिक कार्यक्रमसहित फन्डरेजिङ कार्यक्रम गर्न लागिएको हो ।

उक्त सांगीतिक कार्यक्रममा गायक प्रदिप क्रिस घिमिरे र सुमन भट्टराईले पप गायक विष्टकै गीतहरुसहित अन्य विभिन्न सांगीतिक प्रस्तुति राख्ने तयारी गरिएको नासा सांस्कृतिक कमिटीका अध्यष विशाल भारतीले बताए ।

कार्यक्रम चलिरहँदा गरिने फेसबुक लाइभमा राखिने पेपल लिङ्कमार्फत दर्शकहरुले प्रत्यक्ष रुपमा विष्टलाई सहयोग गर्न सक्ने उनले बताए ।

नासाका सभापति माधव ढकालका अनुसार यसअघि पनि सोही प्रकृतिको कार्यक्रम गरेर कलाकार दिपक क्षेत्रीको सहयोगार्थ २ लाख रुपैयाँ सङ्कलन भएको थियो । त्यस्तै, झापामा आएको बाढीका कारण विस्थापित १ हजार १३ घरपरिवारलाई ७ लाख रुपैयाँ बराबरको राहत प्याकेज र बाढीमा ज्यान गएका ७ जना व्यक्तिको परिवारलाई ५ हजार रुपैयाँको दरले ३५ हजार रुपैयाँ प्रदान गरिएकाे थियो ।

गायक बिस्ट दुवै मृगौला बिग्रिएर उपचारका क्रममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment