Comments Add Comment

अनिल साहले सिंगापुरको एलिट प्लेयर टी–२० सिरिज खेल्ने


६ वैशाख, काठमाडौं । नेपाली युवा क्रिकेटर अनिलकुमार साहले सिंगापुरको एलिट प्लेयर टी–२० सिरिज खेल्ने भएका छन् ।

उनी क्रिमसनमा आवद्ध भएका हुन् । यो टिमको प्रशिक्षक पाकिस्तानका बिलाल ससद हुन् भने अमजाद महबुबको कप्तानीमा रहेको टिममा जिम्बाब्वेका ङरभा पनि छन् ।

प्रतियोगितामा तीन टिम छन्, जसले समूह चरणमा चार खेल खेल्नेछन् । १ मेमा एउटा टिमले दुई खेल खेल्नेछ । त्यसपछि हरेक दिन एक खेल हुनेछ र फाइनल मे ५ मा छ ।

यो प्रतियोगिता सिंगापुरको यू–१९ तथा केही सिनियर खेलाडीलाई लक्षित गरेर आयोजना गरिएको हो, जसले भोलि सिंगापुरको टिममा स्थान बनाउन सक्छन् । तर, जिम्बाब्वे, थाइल्याण्ड, इण्डोनेसियाका पनि केही खेलाडीले मौका पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment