Comments Add Comment

मोरङ र सुनसरीमा रोकिएको वैज्ञानिक वन व्यवस्थापन फेरि सुरु


९ वैशाख, विराटनगर । मोरङ र सुनसरीमा रोकिएको वैज्ञानिक वन व्यवस्थापनको काम सुरु भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निर्देशनमा तत्काललाई रोकिएको वैज्ञानिक वन व्यवस्थापनको काम फेरि सुरु भएको हो ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी रोकिएको वन व्यवस्थापनको काम खुलेको जनाएको छ ।

मन्त्रालयमा सचिव किशोरचन्द्र गौतमले केन्द्र सरकारले वन व्यवस्थापनबारे लिखित पत्र पठाएर सञ्चालन गर्न भनेको जानकारी दिए ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन विभागले वैज्ञानिक वन व्यवस्थापन रोकिनुको कारणबारे प्रतिवेदन सार्वजनिक गर्दै काम सञ्चालन गर्न क्षेत्रीय वन निर्देशनालयलाई पत्र लेखेपछि मुख्यमन्त्रीको कार्यालयले पनि काम सञ्चालन गर्न अनुमति दिएको हो ।

वन विभागले मोरङ र सुनसरीमा भइरहेको वन व्वस्थापनको कामको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयका सहसचिव गेहेन्द्र केशरी उपाध्यायको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदन पनि सार्वजनिक गरेको छ ।

प्रतिवेदनमा वैज्ञानिक वन व्यस्थापनको काम रोक्नुपर्ने कुनै कारण नदेखिएको उल्लेख छ । प्रतिवेदनमा उजुरी परेको जस्तो वन व्यवस्थापनको नाममा अनियमितता भएको वा जथाभावि फडानी भएको नपाइएको उल्लेख छ ।

मुख्यमन्त्री राईले वन व्यवस्थापनको नाममा जथाभावी फडानी भएको उजुरी परेपछि अर्को निर्णय नभएसम्मका लागि तत्कालका लागि वन व्यवस्थापनका कुनै पनि काम नगर्न निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment