१० वैशाख, काठमाडौं । गण्डकी बैंकको तेस्रो चौमाशमा नाफा २४ प्रतिशतले वृद्धि भएर ३४ करोड रुपैयाँ पुगेको छ । बैंकको व्यवसायमा भएको वृद्धिकै कारण नाफामा पनि सुधार भएको हो । खुद व्याज आम्दानी र अन्य आम्दानीमा सुधारभएपछि नाफा बढेको हो ।
बैंकको खुद व्याज आम्दानी करिब ३२ प्रतिशत र अन्य आम्दानी करिब ५९ प्रतिशतको दरमा वृद्धि भएको छ । खुद ब्याज आम्दानी ७० करोड रुपैयाँ र अन्य आम्दानी ११ करोड छ ।
बैंकको कर्जा र निक्षेप दुवैमा ६० प्रतिशतभन्दा धेरैको दरमा वृद्धि भएको छ । बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको कर्मचारी खर्च र अन्य सञ्चालन खर्च दोब्बरले बढेको छ । यी खर्च क्रमशः १४ र ११ करोड रुपैयाँ छ । प्रोभिजनिङ केही बढाए पनि खराब कर्जा भने घटेको छ ।
बैंकको खराब कर्जा ०.८४ प्रतिशतमा सिमित छ । बैंकको प्रतिसेयर आम्दानी १९.६९ पैसा, मूल्य आम्दानी अनुपात ११.९३ र प्रतिसेयर नेटवर्थ एक सय ५६ रुपैयाँ छ ।