Comments Add Comment

अस्ट्रेलियाका विद्यार्थीको सम्मेलन क्रेन्समा, नेतृत्वमा फेरि पनि विजय सापकोटाको दावी

क्रेन्स । अस्ट्रेलियाका झन्डै सात लाख अन्तराष्ट्रिय विद्यार्थीको प्रतिनिधित्व गर्ने दावी गर्दै आएको काउन्सिल फर इन्टरनेसनल स्टुडेन्ट्स अस्ट्रेलियाले आगामी साता यहाँको उत्तर पूर्वी सुन्दर सहर क्रेंसमा आफ्नो राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

सम्मेलनको मुख्य नारा राखिएको छ- ओभर कमिङ्ग ब्यारियर्स । अर्थात ‘तगाराहरु पन्छ्याउँदा’ । यो बिषयमा यही जुन २५ र २६ मा क्रेन्समा ब्यापक बहस हुनेछ ।

अस्ट्रेलियाका बिभिन्न राज्यका शिक्षालयमा अध्ययनरत अन्तराष्ट्रिय  विद्यार्थीका झन्डै डेढ सय नेता, दर्जनौं विद्वान, व्यवसायी र सरकारी अधिकारीहरु सहभागी हुने सम्मेलनका भिन्न सत्रहरूमा शिक्षा क्षेत्रका अवरोध र ति हटाउने उपाएबारे बहस हुने छ ।

हरेक वर्ष नयाँ नेतृत्वसमेत चयन हुने भएकाले पनि सम्मेलन झन् भब्य हुने सो संस्थाका अध्यक्ष विजय सापकोटाले अनलाइनखबरलाई बताए । उनी अस्ट्रेलियामा इन्जिनियरिङ्ग पढिरहेका र विश्वविद्यालयको नेतृत्व तहमा स्थापित नेपाली विद्यार्थी हुन् ।

यदि परिस्थिति नबदलिए उनले नै आगामी एक वर्षका लागि फेरि उक्त काउन्सिल फर इन्टरनेसनल स्टुडेन्ट्स अस्ट्रेलियाको नेतृत्व गर्ने छन् । उनले आफूले पुनः नेतृत्वको लागि निर्वाचन आयोगमा दावी पेश गरेको अनलाइनखबरलाई जानकारी दिए ।

प्रस्तुत छ विजय सापकोटासँग गरिएको कुराकानीको अंशः

यो सम्मेलन कस्तो हुँदैछ ?

हाम्रो संस्थाको सात वर्षको इतिहासमा भब्य हुँदैछ । तयारीहरु सबै पूरा भएका छन् । ठाउँ टाढा भएर पनि दुई सय जनाको  सहभागीता हुनेछ । हरेक कोणबाट यो महत्वको हुँदैछ । विश्व सम्पदा सूचीमा रहेको ग्रेट ब्यारिएर रीफको नजिकै सम्मेलन हुँदैछ । आगामी शताब्दीको मुख्य बहस प्रकृतिको संरक्षण एकातिर छ भने विद्यार्थीले आफ्नो भविष्यको बहस पनि गर्नुछ । हामी क्रेन्समा त्यो गर्छौं ।

त्यस्तै कुनै पनि देशमा अन्तराष्ट्रिय विद्यार्थीको महत्व ठूलो छ । अन्तराष्ट्रिय विद्यार्थीको नरम कुटनीतिमा धेरै ठूलो भूमिका हुन्छ । उनीहरु आफ्नो देशमा फर्किंदा त्यो देशको प्रभाव लिएर गएका हुन्छन् । अस्ट्रेलियाको लागि पनि त्यो हुन्छ । त्यस्तै बिभिन्न पुरस्कारहरु वितरण गर्ने कार्यक्रम पनि रहेको छ ।

तपाईंको यो संस्थाको एक वर्षको कार्यकाल कस्तो रहृयो ?

पहिलो पटक नेपाली समुदायका विद्यार्थीका बारेमा हाम्रो संस्थाले थाहा पाउनुका साथै नेपाली समुदायले पनि सिशालाई चिन्ने अवसर पायो । सोसल मिडियामा हाम्रो संस्थाको पहुँच निकै राम्रो भयो । एमकैयेउ संस्थाहरुसंग समझदारी पत्रमा हस्ताक्षर भयो । टेक्सा सल्लाहकार समितिमा रहेर काम गर्नुका साथै अस्कोआको रणनैतिक बैठकमा सहभागिता जनाइयो । ५० वटा जति विद्यार्थीका जटिल  मुद्दा समाधान गरियो ।

यहाँका स्थानीय विद्यार्थीका संस्थाहरुसँग पहिलो पटक समझदारी पत्रमा हस्ताक्षर गरियो विद्यार्थी माथि कार्यक्षेत्रमा हुने हिंसा सम्बन्धित सर्भे गरियो ।

हाम्रो संस्थालाई समावेसी बनाउन महिला अधिकृत नियुक्त र महिला विद्यार्थीको सम्मेलन गरियो । सदस्य संख्या बढेको छ र संस्थाको आर्थिक अवस्था पनि राम्रो भएको छ । राज्यले एक लाख डलरको ग्रान्ट प्रदान गरेको छ । तीन वर्षदेखि कर सम्बन्धी समस्या हल भयो ।.

कार्यालय र स्टाफ सबै दिगो बनाउने कामको सुरुवात भएको छ । हरेक राज्यका सरकारसँग सहकार्य भएको छ । आमसञ्चार मध्यममा राम्रो कभरेज भयो । बिभिन्न सम्मेलनमा सहभागिता जनाइयो र ४० जना स्वयमसेवक हाल काम गरिरहेका छन् ।

फेरि नेतृत्वमा दावी गर्नु भएको छ ?

हो मैले फेरि नेतृत्वको दावी गरेको छु । विद्यार्थीका पक्षमा मैले यो एक वर्षमा गरेका काम । दिएको समय र जारी रहेका बाँकी काम पूरा गर्न फेरि दावी गरेको छु । मलाई विश्वास छ चुनाव भएमा मलाई सबैबाट समर्थन हुने छ र मैले फेरि एक वर्ष नेतृत्व गर्ने अवसर पाउने छु ।

नेपाली विद्यार्थीको सहभागिता कस्तो छ ?

अस्ट्रेलियामा अध्ययन गर्ने विद्यार्थीको संख्या बढी भएपनि संस्थाहरुमा सहभागिता निकै कम छ । यो देखेर मलाई निकै दुःख लाग्छ । विद्यार्थी संस्थामा सहभागी नभएर निर्णय गर्ने ठाउँमा पुगिँदैन । निर्णय गर्ने स्थानमा नपुगी विद्यार्थीको आफ्नै र अरुको हितमा काम गर्न सकिँदैन ।

अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीका खास समस्या केके छन् ?

विश्वविद्यालय तथा कार्यस्थल दुवैमा अफ्ठ्यारो छ । विद्यार्थी आफै निर्णय गर्ने ठाउँमा छैनन् र समस्या छ । रोजगारी तथा आवाससँग सम्बन्धित समस्या पनि छ । प्रयाप्त सूचना तथा जानकारी हुँदैन । न्युन आय भएका देशबाट आउने विद्यार्थीलाई आफ्नो देशमा फर्केर यहाँ गरेको खर्च उठाउन नसकेपछि प्रवासिनु पर्ने बाध्यता छ । बेला बेला क्याम्पस बन्द हुने समस्या पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment