२९ असार, काठमाडौं । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले मुलकलाई सभ्य, शान्त र भयरहित बनाउने भए तस्कर, गुण्डा र अपराधीलाई राज्यले पाल्नै नहुने बताएका छन् ।
महानगरीय प्रहरी प्रभाग बलम्वले २०५ औं भानु जयन्तीको अवसरमा आयोजना गरेको खुला कविता प्रतियोगितामा बोल्दै काठमाडौं प्रहरी प्रमुख पोखरेलले अपराधमुक्त र भयरहित समाज निर्माणका लागि त्यसले भूमिका खेल्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै आयोजक महानगरीय प्रहरी प्रभाग, बलम्वुकी प्रहरी निरीक्षक शर्मिला गुरूङले नेपाली साहित्यमार्फत समाजमा सकारात्मक सन्देश दिन र कुसंगतिविरूद्ध धावा बोल्न कार्यक्रमको आयोजना गरिएको बताइन् ।
साहित्यकार प्रकाश सायमीले साहित्यका माध्यमबाट समाजको अन्धकार हटाउन आफूहरू सधैँ सचेत र समाजको रूपान्तरणको साहित्यकामार्फत एउटा भए पनि इट्टा थपन जरुरी रहेको बताए ।
‘प्रहरी मेरो साथी’ र ‘लागुऔषध दुव्र्यसनी’ शीर्षकको खुला कविता प्रतियोगितामा इसा पौडेल प्रथम भइन् भने ज्ञानबहादुर खड्का दोस्रो र मिरा जिसी तेस्रो भए । त्यस्तै, चौथो स्थानमा काजल थापा परिन् ।
उनीहरुलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार पुरस्कार दिइएको थियो ।