+
+
Shares

वीरगञ्जमा कांग्रेसको प्रदर्शन : दुई तिहाइको दम्भ तोड्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १५ गते १७:३९

१५ साउन, वीरगञ्ज । नेपाली कांग्रेसले वीरगञ्जमा केन्द्र, प्रदेश र स्थानीय सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

वीरगञ्जको घण्टाघरबाट निकालिएको विरोध र्‍याली माइस्थान, आदर्शनगर हुँदै नगरको परिक्रमा पछि पुन घण्टाघरमै आएर कोण सभा गरेको छ ।

विरोध र्‍यालीमा सहभागीहरुले केपी ओली पाराले दुःख पाए साराले, मार्सी चामल खाएर, जनता मार्न पाइदैन, मूल्यवृद्धि फिर्ता गरलगायतका नाराहरु लगाएका थिए ।

प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली र वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीविरुद्धमा पनि नाराबाजी गरेका छन् ।

कोण सभामा बोल्ने वक्ताहरुले महंगी नियन्त्रण गर्नुपर्ने, बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरुको अस्मितामा प्रश्न उठाउने दुर्गा प्रसाईलाई कारबाही गर्नुपर्ने, वीरगञ्ज महानगरपालिकामा वृद्धि गरिएको कर फिर्ता लिनुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले कम्युनिष्ट सरकारबाट प्रजातन्त्र खतरामा रहेको बताए ।

‘संसारबाट कम्युनिष्ट हटिसकेको अवस्था छ । तर नेपालमा शासनमा दुई तिहाइको दम्भ देखाइरहेको छ । त्यसमा फोरम र राजपाले साथ दिइरहेको छ’ उनले भने ‘नेपाली जनता मिलेर दम्भ तोड्न नसकेको खण्डमा कम्युनिष्ट हावी हुन्छ, प्रजातन्त्र समाप्त हुन्छ ।’

नेपाली कांग्रेसको अनुशासन समिति संयोजक समेत रहेका उनले आजको विरोध काष्टिङ मात्रै भएको बताए । ‘आजको विरोध सांकेतिक रुपमा हो, यो काष्टिङ हो, फिलिम शुरु भएपछि ओलीजीको के हालत हुन्छ । त्यहिबेला थाहा हुन्छ’ उनले भने ।

केन्द्रीय सदस्य सुरेन्द्र चौधरीले सरकारकै निर्देशनमा जथाभावी कर लागिरहेको बताउँदै उनले सबै कर खारेज हुनुपर्ने माग राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?