Comments Add Comment

भदौ १देखि टाटा मोटर्स कार मेला सिजन-६


३० साउन, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बाषिर्क रुपमा आयोजाना गर्दै आइरहेको टाटा मोटर्स कार मेलाको सिजन-६ भदौ १ गतेका दिन बिहान ११ बजेदेखि काठमाण्डौको नक्साल ब्यांक्वेटमा सुरु हुँदैछ ।

३ दिनसम्म चल्ने यो मेला प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म हुनेछ । आफ्नो वर्गको अन्य कार्यक्रमहरुमध्ये सबैभन्दा उत्कृष्ट मानिएको यस कार मेलाले हरेक वर्ष ग्राहक तथा दर्शकहरुबाट धेरै भन्दा धेरै सकारात्मक प्रतिक्रिया पाइरहेको कम्पनी बताउँछ ।

कार मेला सिजन ६ का मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, ४ लाख सम्मको विषेश छुट, २ लाख सम्मको एक्सेंज बोनस, अन द स्पट फाइनान्स र बिमा सुबिधा, टेस्ट ड्राइभ लगायत बिभिन्न सांगीतिक एबं मनोरन्जनात्मक कार्यक्रमहरुका साथै रिफ्रेसमेन्टको समेत व्यवस्था रहेको सिप्रदीले जानकारी दिएको छ ।

मेला अवधिभर ग्राहकहरुले बुकिंग गर्दा गोला प्रथा मार्फत जोडीलाई यूरोप टुर, १ जोडीलाई थाइल्याण्ड टुर, १ थान हिराको औठी, २ जानालाई २ वर्षको निःशुल्क सर्भिसिङ्ग, ३ जनालाई कम्पि्रहेन्सिभ इन्स्योरेन्स, १ जनालाई ६ महिनाको निःशुल्क इन्धन दिइनेछ ।

प्रत्येक टेस्ट ड्राइभमा एउटा उपहार र लक्की ड्र मार्फत होलिडे प्याकेज पनि छ । प्रत्येक भ्यालुयेसनमा २ जनाको लागि फिल्म टिकट र गोला प्रथामार्फत १ जनालाई वासिंग कुपन र १ जनालाई फुल ट्यांक इन्धन पनि दिइनेछ ।

फेसबुक प्रतियोगिता अन्तर्गत लक्की ड्र मा प्रत्येक दिन मोबाइल पनि राखिएको छ । कारका पारखीहरुका लागि लक्षित गरेर आयोजना गरिने उक्त कार मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिने छ । य मेलामा २००० भन्दा बढी दर्शकहरुको उत्साहाजनक सहभागिता रहने कुरामा कम्पनी आशाबादी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment