+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

अष्ट्रेलियामा धिरज र साम्राज्ञीको मस्ती मुड

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २८ गते ११:२८

एजुकेशन एन्ड माइग्रेसन कर्नरले अष्ट्रेलियामा चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को प्रदर्शन गरिरहेको छ । चलचित्रको अष्ट्रेलिया शोमा सहभागी हुन यो चलचित्रका मुख्य कलाकारद्धय नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले कंगारुको देशमा छन् ।

पछिल्लो समयमा अष्ट्रेलिया नेपाली चलचित्रका लागि सबैभन्दा राम्रो बजारको रुपमा रहेको छ । चलचित्रको विशेष शो हरेक ठाउँमा हाउसफूलका साथ भएको भन्दै निर्देशक रेनशा वान्तवा राइले खुशी व्यक्त गरिन् ।

चलचित्र शोका क्रममा अष्ट्रेलिया पुगेका धिरज र साम्राज्ञीको रोमान्टिक मुड पनि देखिएको छ । उनीहरुले सामाजिक संजालमा राखेको तस्बिरमा उनीहरु मस्ती मुडमा देखिएका छन् ।

नेपालमा राम्रो व्यापार गरेको यो चलचित्रले लण्डनमा बस्ने यूवा र नेपालबाट लण्डन पुगेकी यूवतीको प्रेमकथालाई उठान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?