Comments Add Comment

बलात्कारः पहरिनको कारण कि विकृत सोंचको ?

यो शिर्षक देख्दा तपाईलाई केही ‘भड्किलो’ लाग्न सक्छ । तर, यो सामाजिक संवेदनासँग सम्बन्धित प्रसंग हो । प्रसंग हाम्रो परिवेशसँग पनि मिल्दो छ ।

हामीकहाँ अहिले बलात्कारको घटना बढ्दो छ । महिला यौन हिंसाले कुरुप बनाउँदै लगेको समाजमा राज्य-प्रशासन पनि निरिह जस्तो देख्न थालिएको छ । निर्मला पन्तमाथि बलात्कार गरी हत्या गर्ने अपराधी अझै कानुनको दायरामा ल्याउन सकिएको छैन । जबकी देशभरको नागरिकले अपराधी खोज्न र उचित कारवाही गर्न दवाव दिइरहेका छन् । निर्मलाका आमाबुवा अहिले एकोहोरो यही लडाईमा छिन् । तर, नतिजा शून्य छ ।

यही सन्दर्भमा आयरल्यान्डको घटना बाहिरिएको छ । त्यहाँका सर्वसाधरण अहिले फरक अभियानमा सामेल छन् । उनीहरु पेन्टी बोकेर सडकमा उत्रिएका छन् । त्यसमा मोटा-मोटा अक्षरमा लेखिएको छ, ‘ह्यासट्याग दिस इज नट कन्सेन्ट ।’ अर्थात यसमा हाम्रो सहमति छैन । भर्चुअल संसारमा यो ह्यासट्याग फैलदो छ । अहिले धेरैले शोसल मिडियामा थोंग्स (एक किसिमको डोरीवाला पेन्टी) को फोटोसहित ‘ह्यासट्याग दिसइजनटकन्सेन्ट’ को पोस्ट शेयर गरिरहेका छन् । महिलाको अन्र्तवस्त्रलाई लिएर किन पुरै देशमा आन्दोलन छेडियो त ?

बलात्कार, अदालत र वकिलको घटिया दलाली

आयरल्यान्डको एक अदालतमा १७ बषिर्य किशोरीमाथि भएको बलात्कारलाई लिएर बहस चलिरहेको थियो । बलात्कारको यस मुद्दामा आरोपी (२७ बर्षे केटो)का वकिलले किशोरीको पेन्टीमाथि दोष थोपर्दै आफ्ना पक्षको बचाउ गरे ।

सर्वसाधरणले भने यसमा चित्त बुझाएनन् । उनीहरु न्यायधिशको फैसलाको बिरोध गर्न थाले । हेर्दा-हेर्दै आयरल्यान्डका तमाम महिला बिरोधमा उत्रिए । उनीहरुसँगै पुरुष पनि सडकमा आए ।

अदालतमा वकिलले न्यायधिश एवं निर्णयकलाई सम्बोधन गर्दै पीडित किशोरीको पेन्टीमाथि दोष लगाएकी थिइन् । उनले पीडित युवतीको पेन्टी देखाउँदै भनेकी थिइन्, ‘तपाईहरु यसलाई हेर्नुहोस्, यी किशोरीले कस्तो खालको पेन्टी पहिरिएकी थिइन् । उनले एक थोंग पहिरिएकी थिइन् । यसबाट के स्पष्ट हुन्छ भने जसले आफुलाई पीडित बताइरहेका छन् उनी आरोपीप्रति आकषिर्त थिए । त्यसैले उनले केटालाई आरोप लगाए । यसलाई खारेज गर्नुपर्छ ।’

कसैले पहिरिएको कपडाकै आधारमा उसको मनोवृत्तिमाथि कसरी अन्दाज लगाउन सकिन्छ ? त्यही कारण हाम्रो यसमा असहमति छ भन्दै स्थानिय सर्वसाधरण पेन्टी लिएर सडकमा उत्रिएका हुन् ।

सडकदेखि संसदसम्म

यो आन्दोलन सडकमा मात्र सीमित रहेन । आयरल्यान्डकी महिला सांसद रुथ कौपिनगरले यो विषयलाई संसदमा प्रवेश गराइन्, जसले विश्व राजनीतिमा पनि एक किसिमको तरंग ल्यायो । एक अर्को महिला समूह ‘आई विलिभ हर’ ले पनि आफ्ना समर्थकलाई पनि यसको विरोधमा आ-आफ्नो पेन्टी लिएर तस्विर साझेदार गर्न आह्वान गरे । राजधानी डबलिनदेखि महिला प्रदर्शनकारीले सिटी सेन्टरसम्म वुमन अन्डरवेयर देखाएर प्रदर्शन गरे । कौर्कमा एक प्रदर्शनकारीले अदालतको कक्षमै पेन्टी लिएर प्रवेश गरे ।

पहिरन र बलात्कारको सम्बन्ध

अक्सर बलात्कार वा महिला यौन हिंसाको प्रसंगमा महिलाले लगाउने पहिरनलाई पनि दोष दिइन्छ । हामीकहाँ पनि छोटो वा पारदर्शी लुगा लगाउँदा उनीहरुमाथि धारे हात लगाइन्छ । जबकी भड्किलो नभई कुनैपनि किसिमले पहिरन लगाउनु भनेको उसको व्यक्तिगत स्वतन्त्रताको कुरा हो । र, पहिरनकै कारण महिलामाथि यौन हिंसा हुन्छ भने त्यसमा पहिरन दोषी कि खराब दृष्टिकोण राख्ने पुरुष ?

सेलाएको  मि टु अभियान

विश्वभर महिला हिंसा बढ्दै गएपछि मि टु अभियान पनि तिब्र हुँदै गएको छ । यसको तरंग हामीकहाँ पनि आइपुगेको छ । भलै, यसको गति हामीकहाँ धिमा भएपनि ।

बलिउडमा मि टु अभियानले थुप्रै स्टार्सको निद्रा हराइदिएको छ । हामीकहाँ भने मि टु अभियान त्यती पेचिलो बनेको छैन । जबकी महिला हिंसाले बिकराल रुप लिँदै गएको छ । बलात्कारको घटना बढेको बढ्यै छ । अपराधीहरु मौलाइरहेका छन् । समाजलाई नै बिकृत तुल्याउने यस्ता घटनामाथि देश नै उर्लिएर लागेपनि त्यसमा सम्बन्धित निकायको सक्रियता फितलो बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment