Comments Add Comment

सुन कारोबारका नाममा लुट्ने समूहमा हवल्दार नै संलग्न

१३ मंसिर, ललितपुर । नक्कली सुन देखाएर लुटपाट गर्ने समूहमा प्रहरी हवल्दार नै संलग्न भएको खुलेको छ । यो समूहका चार जनालाई पक्राउ परेको छ, जसमध्ये एक हवल्दार छन् ।

यो समूहले पछिल्लो पटक मंगलबारसुन बैंकबाट लिएको बिलसहितको सुन छ भन्दै मैतिदेवीसिथत बुद्ध ज्वेलरीका सञ्चालक बुद्ध विश्वकर्मालाई बसन्तनगरस्थित सूर्यविनायक गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा बोलाएको थियो । यो समूहले एक केजी सुन रहेको र ५७ हजार ७०० प्रतितोलामा किन्ने सहमति गरे । सहमतिअनुसार बुद्ध ४९ लाख ४९ हजार लिएर गेष्टहाउस पुगेका थिए ।

होटलको कोठामा गएर करिव ४१/४२ लाख नगद गनिसक्दा दिनेश दर्नाल सुन लिन भन्दै बाहिरिए । त्यही बेला अर्को कोठामा लुकेर बसेको समूहले मान्छे आइसक्यो, छिटो काम गर भन्छ । लगतै प्रहरी पोसाकमा बाहिरबाट सिभिल ज्याकेट लगाएका सालिकराम नेपाली र मोहनबहादुर बमको समूहले कोठामा पुग्छ ।

यो समूहले कुटपिट गर्दै सबैलाई भगाएको र सुमन भन्नले पैसाको झालो लिएर भोगेको पीडितको जाहरीमा उल्लेख छ । पीडितले सिरकले छोपेको राखेको ६ लाख भने नेपाली र बमले लिन्छन् र उनीहरुले ३/३ लाखका दरले बाँड्छन् ।

यो समूहले लुटेको पैसा एकआपसमा बाडेका छन् । प्रहरीका अनुसार लुटपाट गर्ने यो समूहमा प्रहरी बनेर जाने नेपाली र बम दुबै प्रहरी हवल्दार हुन् । बालाजु वृत्तमा कार्यरत मोहनबहादुर बम र महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत शालिकराम नेपाली सार्वजनिक सवारी साधानमा महिलामाथि हुने यौनजन्य हिंसा रोक्न प्रहरीले सुरु गरेको ‘सेफ्टी पिन’मा खटिएका थिए ।

तर, लुटेर समूहसँग मिलेर सुन किनबेचको नाममा लुटपाटको धन्दामा संलग्न भएको पाइएको छ ।

लुटपाटमा संलग्न गोपाल विश्वकर्मा, संजष्कुमार तिरुवा, शिवु कुमाल, र प्रहरी हवल्दार मोहनबहादुर बम पक्राउ परेका छन् । अर्का हवल्दार शालिकराम फरार छन् । उनीसहितको समूहको खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment