Comments Add Comment

मोहन वैद्य भन्छन्- जनयुद्धले धक्का खाए पनि बलिदान खेर गएको छैन

१ फागुन, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले जनयुद्धमा जनताले गरेको त्याग र बलिदान खेर नगएको बताएका छन् ।

जनयुद्धले गम्भीर धक्का खाए पनि जनताको त्याग र बलिदानले भावी क्रान्तिको लागि ऊर्जा प्रदान गरेको उनको ठहर छ ।

२४ औं जनयुद्ध दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै वैद्यले भनेका छन्, ‘नेपालमा सञ्चालित महान् जनयुद्धले गम्भीर धक्का खाए पनि जनताका त्याग, वीरता र बलिदानका उत्कृष्ट मूल्यहरु खेर गएका छैनन् र तिनले भावी क्रान्तिका निम्ति अनन्त ऊर्जा प्रदान गरेका छन् । जनयुद्धका तत्कालीन नेतृत्वको एउटा हिस्साले संशोधनवाद हुँदै पश्चगमनको बाटो पकडे पनि सच्चा क्रान्तिकारी कम्युनिस्टहरुद्वारा क्रान्तिको प्रक्रियालाई निरन्तर जारी राखिएको छ ।’

वैद्यले ‘नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादको सर्वोच्च आदर्श प्राप्तिको दिशामा निरन्तर अगाडि बढ्ने’ प्रतिबद्धता पनि जनाएका छन् ।

हेर्नुस् मोहन वैद्यले जारी गरेको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment