Comments Add Comment

अबिरल र सुप्रिया आठौं राष्ट्रिय खेलकुदका लागि छनोट

काठमाडौं । नेपालगञ्जका अविरल भण्डारी प्रदेश ५ बाट आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पौडीमा छनोट भएका छन् ।

भण्डारी २०० मिटर ब्यक्तिगत मिड्ले तथा १०० मिटर फ्रिस्टायलमा स्वर्ण हात पार्दै आठौं राष्ट्रिय खेलकुदका लागि छनोट भएका हुन् । भण्डारी १०० मिटर बटरफ्लाईमा दोश्रो र ५० मिटर फ्रिस्टायलमा तेश्रो भएका थिए ।

महिलातर्फ सुप्रिया रावल ५० र १०० मिटर फ्रिस्टायल, ५० मिटर ब्याक स्ट्रोकमा स्वर्ण हात पार्दै छनोट भइन् ।

नेपालगञ्जमा फागुन २७ र २८ गते भएको प्रतियोगितामार्फत पाँचौ राष्ट्रिय खेलकुदका लागि प्रदेश पाँचबाट छनोट हुन सफल अन्य पौडी खेलाडीहरुमा खेमराज थापा, सुमन न्यौपाने, सुवेश घर्ती, रेजन बिष्ट, अमित रावल, कुशल बञ्जारा, प्रतिक बडुवाल, बिशेष सिंह, दिवश रेगामी, करुण शर्मा, अजय परियार छन् ।

यस्तै महिलातर्फ नम्रता कार्की, सुमी शाही, दिपा कर्ण, प्रेरणा शर्मा छनोट भए । छनोट भएका सबै खेलाडी बाँकेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment